ससफो र नयाँ शक्ति पार्टीबीच एकीकरण हुने - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

ससफो र नयाँ शक्ति पार्टीबीच एकीकरण हुने

साइनो समचारदाता

पथरी । केहि समय देखि व्यापक छलफल र विचार विमर्शपछि संघीय समाजबादी फोरम (ससफो) नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण हुने भएको छ ।

ससफोका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादब र नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराईद्वारा विज्ञप्ती जारी गरी समाजवादी पार्टी, नेपाल पार्टी निर्माण गर्ने ऐतिहासिक सहमति भएको हो । ससफो नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले दुई वर्षको अथक प्रयत्नको फलस्वरुप एकीकरण भएको बताएका छन् । समाजबादी पार्टी, नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यामन जातीय, वर्गीय, लैङ्गिक, क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने उद्देश्यको साथ निर्माण भएको हो । भोलि (बैशाख २३ गते) नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा एक विशेष कार्यक्रममार्फत् समाजबादी पार्टी नेपाल को घोषणा गर्ने सहमत भएको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित खवर