बालज्योति विद्यालय रूप फेर्दै - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

बालज्योति विद्यालय रूप फेर्दै

चेतन आङ्थुप्पो

चुलाचुली । इलामको चुलाचुली गाउँपालिका ४ वडा स्थित बालज्योति माविको स्थापनाको २८ बर्षपछि धेरै कुरामा परिवर्तन आएसंगै विधालयको भौतिक संरचनाको रूप फेरिएको छ ।

चुलाचुली गाउँपालिका ४ नं. वडा कार्यालयले विद्यालयको घेराबाराको लागि १ लाख ५० हजार विनियोजन गरिदिएको वडाका अध्यक्ष कालिदास भट्टराईले वताएका छन् । उनले भने, ‘विधालय व्यवस्थापन समितिले स्टामेटभन्दा बढी र राम्रो काम गरेका छ ।’ कामलाई विश्वासनीय पूर्वक काम गर्ने संस्था र व्यक्ति भए मात्रै विकास गर्न सहज रहने वताए । प्राविधिकको स्टामेट अनुसार लम्बाइ ३२ मिटर, उचाइ ३ फिट, पिलरको साइज आठ बाई आठ, बाह्र एममको रड,साठी एममको चुरि, जमिन देखि मुनिको भाग ०.७५ सेन्टिमिटर, जमिनको चौडाई ०.५० सेन्टिमिटर, आठ इन्चको उचाई, चार इन्चको चौडाई रहेको ब्लग झापा अर्जुन धाराबाट निमार्णका लागि ल्याएको विद्यालय अभिभावक संघका सदस्य खगेन्द्र पौड्यालले वताएका छन् ।

विधालयको स्वरूप परिवर्तन भएकोमा विधालय परिवार खुसी देखिन्छन् । पर्खाल घेराबारा निर्माणमा जम्मा २ लाख ६० हजार ७ सय ७६ रूपैयाँ खर्च भएको विदुयालय प्रध्यानाध्यापक उपेन्द्र बुढाथोकीले जनाएको छ । उनका अनुसार वडाको वजेटले ३२ मिटर मात्रै काम गर्ने पुग्यो, बाँकी बिद्यालालयकै स्रोतले निमार्ण भएको हो । जम्मा पर्खाल घेराबाराका लम्बाई ७५ मिटर रहेका छ ।

सम्बन्धित खवर