‘प्रदेशको स्थायी राजधानी विराटनगर’ मन्त्री आङ्बो - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

‘प्रदेशको स्थायी राजधानी विराटनगर’ मन्त्री आङ्बो

साइनो समचारदाता

विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले प्रदेशको स्थायी राजधानी विराटनगर नै हुने संकेत गरेका छन् ।

साइनो खबरसँग कुरा गर्दै मन्त्री आङबोले विराटनगरमा आवश्यक पूर्वाधार तय भएको, अस्थायी राजधानी भएकाले इटहरी, धरान वा अन्य स्थानमा स्थायी राजधानी नहुने बताएका छन् । केहि मन्त्रालय अन्य स्थानमा सार्ने खल काटिरहेको बारेमा उनले सबै मन्त्रालय पायक पर्ने स्थानमा हुनु पर्ने भएकाले विराटनगरमै सबै मन्त्रालय रहने बताएका छन् । तर प्रदेशस्तरीय सरकारी कार्यालय अन्ततिर हुन सक्ने इङ्गित गरेका छन् । प्रदेशको नाम बारे बढी चर्चा चुलिरहेको हुनाले राजधानी बारे निर्णय अघि, प्रदेशको नामाङ्न केहि पछि सर्न सक्ने मन्त्री आङबोको अनुमान छ । उनले भने, ‘राजधानी र प्रदेशको नामसँगै निर्णय हुन्छ । हैन भने, राजधानीको मात्रै भए पनि निर्णय गरी विवाद टुङ्याछौं ।’ पार्टी र संसदीय दलको बैठकमा विभिन्न नाम बारे छलफल जारी रहेको भन्दै पार्टीले प्रदेशको नाम र राजधानी बारे एउटै नाम सिफारिस गर्ने दाबी गरेका छन् । आङ्बोको अनुसार राजधानीको बारेमा विराटनगर र इटहरी बारे बढी छलफल भइरहेको छ ।

सम्बन्धित खवर