‘देब नागरिक लिपि राष्ट्रिय लिपि होइन’ महासचिब ताजपुरिया - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

‘देब नागरिक लिपि राष्ट्रिय लिपि होइन’ महासचिब ताजपुरिया

तस्वीरः खनेन्द्र कुमार राई (अर्जुन)

साइनो समचारदाता

गछिया । नेपाल आदिबासी जनजाति महासंघका महासचिब नित्यानन्द ताजपुरियाले प्रचलित देब नागरिक लिपि भारतले संयुक्त राष्ट्र संघमा पेश गरेकाले नेपालको राष्ट्रिय लिपि नभएको बताएका छन् ।

महासचिब नित्यानन्द ताजपुरिया ।                             तस्वीरः खनेन्द्र कुमार राई (अर्जुन)

‘गोर्खा राज्य विस्तार हुदा नेपाल भयो । नेपाल भइसकेपछि संयुक्त राष्ट्र संघको सदस्य लिइरहदा पहिचान दिनुपर्दोरहेछ । यो क्रममा रञ्जना लिपि नेपालको लिपि हो भनेर दर्ज गरिएको छ ।’ उनले भने, ‘तर नेपालमा देब नागरिक लिपि चलाउँछौं । यो देब नागरिक लिपि इन्डियाले संयुक्त राष्ट्र संघमा पेश गरेको छ । यो नेपालको राष्ट्रिय लिपि होइन ।’ रञ्जना लिपि नेपालको पहिचान भएकाले सरकारले मान्यता दिनुपर्नेमा जोड दिदै देब नागरिक लिपि जबरजस्ती राष्ट्रिय लिपि बनाइको उनले बताएका छन् । ‘हिजो पञ्चायतकामा भनिएको थियो, ‘एक भाषा एक भेष, एक राजा एक देश।’, अहिले पनि गरिराखेको छ ।’ उनले प्रश्न गरे, ‘यदि रञ्जना लिपि नेपालको पहिचान हो, भने यसले मान्यता पाउनुपर्छ कि पर्दैन ?’ रञ्जना लिपि आदिबासीको लिपि हो भएकाले मन्यता दिने सवालमा सरकार सुन्नेवाला छैन भन्दै विभेदहरु कहिलेसम्म हुनदिने ? सजक हुने बेला भएको ताजपुरियाको भनाई थियो ।

शुक्रबार भएको नेपाल आदिबासी जनजाति महासंघ मोरङको चौथो जिल्ला अधिबेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि समेत रहेका महासचिब ताजपुरियाले सो कुरा बताएका हुन् । किरात राई यायोक्खाका उपाध्यक्ष तिलक राई, किरात याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष विवेक योङहाङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का केशरमान गुरुङ, सल्लाहकारद्वय बेदेन्द्र श्रेष्ठ, जय पाख्रिन, नेपाल आदिबासी जनजाति महासंघका प्रदेश अध्यक्ष धु्रब सुब्बा, लेटाङ नगरपालिकाका प्रमुख शंकर राई, उर्लाबारी नगरपालिकाका प्रमुख खड्क फागोलगायतले आदिबासी जनजातिको अधिकारको विषयमा सम्बोधन गरेका थिए ।

जनजाति महासंघको जिल्ला अधिबेशन भव्यताको साथ सम्पन्न

‘अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिबासी जनजातिको अडान, पहिचानसहितको संघीयताको लागि संविधान संशोधन, हाम्रो साझा अभियान’ भन्ने नाराको साथ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् मोरङको ऐतिहासिक चौथो अधिबेशन भव्यतका साथ सम्पन्न भएको छ । सुन्दर हरैचा नगरपालिकाको गछिया बजारमा भएको अधिबेशनमा हजारैले सहभागिता जनाएका थिए । अधिबेशन सम्पन्न गर्न १२ उप समिति निर्माण गरिएको छ । अधिबेशनमा किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, नेपाल धानुक समाज, नेपाल सन्थाल आदिबासी उत्थान संघ, राजबंशी समाज विकास समिति, नेपाल माझी उत्थान संघ, भुजेल समाज सेवा समिति, नेवाः देय् दबू, धिमाल जाति विकास केन्द्र, दनुवार जागरण समिति, थारु कल्याणकारिणी सभा, नेपाल थामी समाज, नेपाल तामाङ घेदुङ, ताजपुरिया समाज कल्याण, नेपाल झाँगड (उराउ) कोडे«म सुधारा, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् र नेपाल गन्गाई कल्याण परिषद्का प्रतिनिधिहरु सहभागी हुनेछ । भने १७ वटा स्थानीय तहमा गाउँ÷नगर समन्वय परिषद्हरुबाट जन सहभागिता जनाएका थिए ।

नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ हो । सम्वत् २०४७ सालमा स्थापना भएको महासंघ एक स्वायत्त, राजनीतिक रुपमा गैरपक्षपाती र मुनाफारहित राष्ट्रिय संस्था हो । नेपालका आदिवासी जनजातिहरूको हक, हित, अधिकारका लागि महासंघ आफ्नो स्थापना कालदेखि विश्वभरका आदिवासीय संघसंस्थाहरूसँग सहकार्य गर्दै निरन्तर क्रियाशील रहँदै आएको छ । महासंघअन्तर्गत प्रदेश, जिल्ला, स्थानीय तह(महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका र वडा) समन्वय परिषद्हरूको सांगठननिक सञ्जाल देशैभर रहेको छ । महासंघअन्तर्गत २३ भन्दा बढी विदेश शाखाहरू क्रियाशील छन् ।

उत्कृष्ट झाँकीमा कुलुङ

नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको नृत्य । तस्वीरःखनेन्द्र कुमार राई (अर्जुन)

अधिबेशनको उद्घाटन सत्रमा भएको जातीय झाँकी प्रतियोगितामा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ प्रथम भएको छ ।

कुलुङले १६ स्पर्धीलाई उछिन्दै नगद ३ हजार प्रमाण पत्र पायो । भने दोस्रो नेवा देय दबु, तेस्रो नेपाल सन्थाल आदिबासी उत्थान संघ स्थानमा चित बुझाए । दुई संस्थाले क्रमशः नगद २ हजार, प्रमाण पत्र र १ हजार, प्रमाण पत्र पाएका थिए । नेपाल तामाङ घेदुङ, धिमाल जाति विकास केन्द्र, थारु कल्याणकारिणी सभा, किरात याक्खा छुम्मा, दनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, रहम्बु श्याबा चिछोग नेपाल शेर्पा संघ, किरात राई यायोक्खालगायत संस्थाहरुले मौलिक नाचहरु प्रदर्शन गरेका थिए ।

सबैलाई प्रशंसा पत्र

कार्यक्रमलाई भव्यताका साथ सहभागी भएको भन्दै नेपाल आदिबासी जनजाति महासंघ मोरङले ३७ संस्थालाई धन्यबादसहित प्रशंसा पत्र वितरण गरेको छ । महासंघको १७ वटै गाउँपालिका÷नगरपालिका समन्वय समिति तथा महासंघ आबद्ध जिल्लास्तरीय २० वटै सदस्य संगठनलाई प्रशंसा पत्र वितरण गरेको हो ।

मूख्यमन्त्री र आर्थिक मन्त्रीले सम्मान ग्रहण गरेनन्

प्रदेश सरकार प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोलाई आयोजकले नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि प्रचार गरेको थियो । तर अधिबेशनको उद्घाटन सत्रमा मन्त्रीद्वय राई र आङ्बो उपस्थिति देखिएन । व्यस्तता कारण कार्यक्रममा उपस्थिति नभएको महासंघका अध्यक्ष मिलनकुमार राईले जनाए ।

बन्द सत्र स्थगित

अधिबेशनले नया नेतृत्व समेत चयन गर्दै सम्पन्न हुने नेपाल आदिबासी जनजाति महासंघको बन्द सत्र स्थगित भएको छ । २० प्रतिनिधिबाट नयाँ नेतृत्व चुन्ने र चुनिने अधिकार प्राप्त प्रतिनिधिमा केही विवाद देखिएपछि स्थगित गरिएको महासंघ अध्यक्ष मिलनकुमार राईले जनाएका छन् । बन्द सत्रमा २० प्रतिनिधिबाट अध्यक्ष सहित पदाधिकारी तथा सदस्य चुनिनेछ । अब बैसाख २१ हुने भनिएको अधिबेशन जेठ ३ गते हुनेछ ।

सम्बन्धित खवर