दिवसमा प्रभात फेरी - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

दिवसमा प्रभात फेरी

साइनो समचारदाता

बेलबारी । २६ औं विश्व प्रेस स्वतन्त्रता दिवस(मे ३)को असवरमा पूर्वी मोरङको बेलबारीमा प्रभातफेरि निकालिएको छ ।

शुक्रबार पथरी, उर्लाबारी, बेलबारी, सुन्दर हरैचा, केराबारीका सञ्चारकर्मी भेला भएर विश्व प्रेस स्वतन्त्रता दिवस मनाएका हुन् । नगरपालिकाबाट सुरु भएको फेरी पश्चिम बस स्टेण्ड पुगेर टुङ्गिएको थियो । संघीय प्रेस फोरम नेपालका प्रदेश अध्यक्ष फिपराज बेघाले विद्धुतीय कारोबार ऐनको दफा ४७ र ४८ ले प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गरी पत्रकारहरुलाई पक्राउ गर्ने क्रम बढेकाले उक्त दफा खारेजी गर्नुपर्ने बताएका छन् । प्रेस माथिको दमन अन्त्य हुनुपर्ने माग गरिएको छ । निर्वाद रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउनु पर्ने, पत्रकार र पत्रकारिता माथिको अङ्कुश मान्य नहुने वक्ताहरुले बताए । नेपाल पत्रकार महासंघ मोरङका पूर्व सह–सचिव केदार चौहान, वर्तमान सदस्य सरोज नेपाल, पत्रकार भक्तशेर लिम्बू, प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत, पथरीशनिश्चरे नगरका सुचना संयोजक भुपेन्द्र तिम्सिना लगायतले प्रेस स्वतन्त्रताका विषयमा भनाइहरु राखेका थिए ।

सम्बन्धित खवर