मोरङ चुलाचुली गोल्डकपको फाइनलमा - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

मोरङ चुलाचुली गोल्डकपको फाइनलमा


साइनो समचारदाता

चुलाचुली । प्रथम चुलाचुली गोल्डकप २०७६ को फाइनलमा मोरङ फुटबल एकेडेमी, मंगलबारे प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा कमल गाउँपालिका ११ र मोरङ फुटबल एकेडेमी मंगलबारेबीच स्पर्धा भएको थियो । स्पर्धामा कमललाई ३–१ गोलको अन्तरले स्तब्ध पार्यो । पहिलो हापको २१ औं मिनेटमै निशान लिम्बू (जर्सी नं.३) ले पहिलो गोल गरेर खाता खोलेका थिए । दोस्रो हापको ४१ औं मिनेटमा निशानले नै थप गोल गरेको थियो भने, ६६ औं मिनेटमा विपक्षी टिमका सुशील राई(जर्सी नं.११) ले गोल गरेको थियो । खेलको रोचक बढिरहन्दा खेलको अन्तिम ६९ औं मिनेटमा निरज बस्नेत (जर्सी नं. १६)ले थप गोल गरी विजयी टिमलाई ३ गोल बनाउन सफल भएको थियो । खेलको म्यान अफ द म्याच घोषित निशानलाई जनता माविका प्रध्यानाध्यापक तिलकसिंह फागोले पुरस्कार वितरण गरेका छन् । खेलको निर्धारित समय सकिएपछि ४ मिनेट अतिरिक्त समय थप गरेको थियो ।


फाइनलमा मोरङ र धुलाबारी जुध्ने

बैशाख २२ गते हुन लागेको फाइन खेलमा मोरङ फुटबल एकेडेमी, मंगलबारे र धुलाबारी फुटबल ए क्लव बीचको प्रतिस्पर्धा रहने आयोजकले जानकारी गराएको छ ।

प्रथम हुने विजेता टिमलाई १ लाख १ हजार नगद, उपविजेतालाई ५१ हजार नगद ट्र्फि, मेडल, प्रमाणपत्र वितरण गरिने खेलका संयोजक रामप्रसाद राईले जनाएको छ ।

सम्बन्धित खवर