प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुरु - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुरु

साइनो समचारदाता

बेलबारी । मोरङको लक्ष्मीमार्गमा प्रथम प्रदेशस्तरीय महिला फुटवल प्रतियोगिता विहीबारबाट सुरु भएको छ ।

उद्घाटन खेलमा पाँचथरलाई ० का बिरुद्ध ३ गोल गर्दै धनकुटा दोस्रो चरण प्रबेश गरेको छ । धनकुटाकी सुनिता तामाङले खेलको २२ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिन । पाँचथर माथि निकै दवावमा दिएको धनकुटाले खेलको ४२ औ मिनेटमा सन्धा रम्तेलको गोल मार्फत २ गोलको अग्रता बनायो । खेलको अतिरिक्त समयमा बिपना राईले थप एक गोल गर्दै धनकुटालाई ३ गोलको अग्रता दिलाईन ।

त्यस्तै दोस्रो खेलमा खोटाङ महिला फुटवललाई ० का बिरुद्ध ७ गोल गर्दै ताप्लेजुङ बिवयी भएको छ । ताप्लेजुङकी अनुस्का सेर्माले १४, ५४ र ५९ औ मिनेटमा ३ गोल गर्दै ह्याट्रिक पूरा गरिन । खेलको ९ औं मिनेटमा इन्द्रा गुरुङको गोलमार्फत ताप्लेजुङले अग्रता लिएको थियो । त्यस्तै खेलको १४ औ मिनेटमा अनुस्का सेर्पाले १५ औ मिनेटमा पबित्रा लिम्बुले थप १÷१ गोल गर्दै खेल पहिलो हाफमा ३ (० को बनाए। दोस्रो हाफमा एक पक्षीय खेल खेलेको ताप्लेजुङले खेलको ३२ औं मिनेटमा सुस्मा खाति, ६० औं मिनेटमा दिपा लिम्बुले १र१ गोल गरे भने खेलको ५४ र ५९ औं मिनेटमा अनुस्का सेर्माले २ गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

प्रदेशका १४ ओटा जिल्लाको सहभागिता रहने प्रतियोगिताको बिजेताले नगद १ ला ५० हजारका साथ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपबिजेताले नगद ७५ हजा प्राप्त गर्नेछ । बैशाख २५ गते सम्म चल्ने प्रतियोगिता बेलबारी ११ लक्ष्मीमार्गको लक्ष्मीखेल मैदानमा संचालन हुँदै छ । भोलिको पहिलो खेल झापाका बिरुद्ध ओखलढुङ्गा र दोस्रो खेल उदयपुरका बिरुद्ध तेह्रथुमबीच हुनेछ ।

सम्बन्धित खवर