ससफो प्रदेशको नेतृत्वमा चाम्लिङ निर्वाचित - Sainokhabar
  • शुक्रबार, साउन ०८, २०७८

ससफो प्रदेशको नेतृत्वमा चाम्लिङ निर्वाचित

साइनो समचारदाता

विराटनगर । संघीय समाजवादी फोरम (ससफो) नेपालको प्रदेश समिति प्रविन चाम्लिङ निर्वाचित भएका छन् ।

विहिबार विहान घोषित मत परिणाम अनुसार मतदानमा ४ सय ७ मत खसेको मध्ये २ सय ६ प्राप्त गर्दै चाम्लिङ अध्यक्षमा निर्वाचित भएका हुन् । चाम्लिङका स्पर्धी भुराज राई १३ मत अन्तरले पराजित भएका छन् । निर्वाचित चाम्लिङ पार्टीका राजनीति समिति सदस्य, राई पार्टीका केन्द्रीय सदस्य भूराज राई ह्न् । चाम्लिङ गत असोज ९ र १० गते विराटनगरमा भएको पार्टीको प्रथम भेलामा तदर्थ समितिको अध्यक्ष भुपेन्द्र नेम्बाङसँग पराजित भएका थिए ।
अध्यक्षका तीन आकाङ्क्षी मध्ये प्रदेश तदर्थ समितिका अध्यक्ष भुपेन्द्र नेम्बाङले अन्तिममा भूराज राईलाई समर्थन गरेका थिए । नेतृत्वका लागि चाम्लिङ र राई बीच कडा स्पर्धा हुने अड्कल काटदै आएको थियो ।

बैशाख १५ र १६ गते हुने भनिएको ससफो प्रथम राष्ट्रिय एकता अधिबेशन लम्बिएको थियो । अधिबेशनमा दुई समूह बनाएर उम्मेदवारी दिएका थिए । सदस्यहरुको मत परिणाम आउन बाकी छ । अधिवेशनमा १४ वटा जिल्लाका करिब ५ सय प्रतिनिधि सहभागी भएका थिए । अधिबेशनकोे उद्घाटन पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादबले गरेका थिए ।

सम्बन्धित खवर