भाषा, लिपि तथा च्याब्रुङ प्रशिक्षण - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

भाषा, लिपि तथा च्याब्रुङ प्रशिक्षण

साइनो समचारदाता

पान्थर । लिम्बू याक्थुङ भाषा, लिपि तथा च्याब्रुङ अर्थात केःलाङ प्रशिक्षण सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति समन्वय समिति फाकफोक थुम गाउँपालिका इलामको आर्थिक सहयोग र किरात याक्थुङ चुम्लुङ फाकफोक थुम गाउँपालिकाको आयोजनामा बुधबार सम्पन्न भएको हो । प्रशिक्षण याक्थुङ प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सागर केरुङ र केःलाङ साँस्कृतिक समाजका केलाङ प्रशिक्षक जोनहाङ केरुङले गरेका थिए । भाषा, लिपि तथा केःलाङ प्रशिक्षणमा जम्मा ३६ जना सहभागी रहेको नेपाल आदिवासी जनजाति समन्वय समिति फाकफोक थुम वडा नं ४ का अध्यक्ष दीपक योङहाङले जानकारी गराए !

सम्बन्धित खवर