मोरङ फुटबल एकेडेमी सेमिफाइनलमा - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

मोरङ फुटबल एकेडेमी सेमिफाइनलमा

साइनो समचारदाता

चुलाचुली । प्रथम चुलाचुली गोल्डकप २०७६ को क्वाटर फाइनलको अन्तिम खेलमा समूह ख बाट मोरङ फुटबल एकेडेमी विजयी भएको छ ।

बैशख १८ गतेको खेलमा शैनिक युथ क्लव, विर्तामोडलाई मोरङ फुटबलले ३–१ गोलको अन्तरले पराजित गरेको हो । विजयी टिमले खेलको ५ औं मिनेटमै जर्सी नं.९ सुरेस राईले पहिलो गोल गरेर खाता खोलेका थिए । १८ औं मिनेटमै जर्सी नं. ६ निसान लिम्बूले दोस्रो गोल थप गरे । पुनश्च खेलकै २१ औं मिनेटको अन्तरमा जर्सी नं. ९ सुरेस राईले नै थप गोल गरेका थिए । सान्तवना गोल जर्सी ३ का दिलम लोक्तमले गरे । हापपछि दुवै टिमबीच कडा प्रतिस्पर्धा गरे पनि कुनै गोल हुन सकेन्न । मोरङ फुटबल एकेडेमी का जर्सी नं.६ का निसान लिम्बू ले म्यान अफ द म्याच पाउन सफल भए । झापा फुटबल संघ उपाध्यक्ष संजय राई, पूर्व राष्ट्रिय खेलाडी युगल किशोर राई, प्रवेश कट्वाल, किरण राई समेतको आजको खेल हेरेका थिए ।

भोलिको पहिलो सेमि फाइनल खेलमा धरमपुर फुलबारी क्लव र धुलाबारी फुटबल ए क्लव बीचको प्रतिस्पर्धा रहने आयोजकले जानकारी गराएका छन ।

सम्बन्धित खवर