दुई दिनसम्म गाउँपालिका तनाबग्रस्त, स्थानीय सरकार अधिकृत जोगाउन लागि परे(भिडियो सहित) - Sainokhabar
  • शुक्रबार, साउन ०८, २०७८

दुई दिनसम्म गाउँपालिका तनाबग्रस्त, स्थानीय सरकार अधिकृत जोगाउन लागि परे(भिडियो सहित)

साइनो समचारदाता

इलाम । दुई दिनबाट तनावग्रस्त बनेको इलाम चुलाचुली गाउँपालिका मंगबार पनि तनावग्रस्त बन्यो । एक हप्ता अघि गाउँपालिका प्रशासकीय अधिकृत काजीमान राईले अश्लील शब्द वा यौन दुरव्यवहार गरेको आरोपमा पीडितका पक्षमा स्थानीय सर्वसाधारणहरूले गाउँपालिकालाई दुर्ववहार गर्ने आरोपितलाई कार्बाहीसंगै खुट्टा ढोगेर माफी मगाउन दवाव दिएको थियो।

बैशाख १६ र १७ गते गाउँपालिको कामकाज ठप्प हुँदा सेवाग्राहीहरूले समयमै सेवा पाएनन् । चुलाचुली गाउँपालिकाको बेइज्जती रोक्न र विकास निर्माण तथा योजना निकासहरूका काम रोकिने डर भएको भन्दै गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राईले आफ्नै कर्मचारीलाई बचाउ गर्ने काम गरेका भन्दै स्थानीय जनता आक्रोस भएको थियो । गाउँपालिकामा सर्वसाधारणहरूको आक्रोस तथा भिडलाई हटाउनकै लागि जनपथ प्रहरी टोली, थप साँझसम्मको तनावलाई साम्य पार्न शसस्त्र प्रहरीको टोली समेत सुरक्षाको लागि ल्याएको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष तथा न्यास समितिकी संयोजक विमला दाहाल, गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राई र नेपाली काग्रेसका स्थानीय नेता राजेन्द्र केरुङ स्थानीयलाई सम्बोधन गर्ने क्रममा ।

मंगलबार साँझ ७ बजे सम्म बैठक कोठामा गाउँपालिका जनप्रतिनिधि सहित छ वटै वडाका जनप्रतिनिधिहरू जवाफदेहीबाट स्तब्ध रहेको थियो । पीडित परिवारले कानुनी तथा मुद्दा चलानी गरे पीडित स्वयमले न्याय नपाउन सक्ने भन्दै सरकार पक्षले दवाव र त्रास देखाएर एउटा जिम्मेवार अधिकृतको कुकार्यलाई लुकाउन वा अपराधीलाई सुरक्षा दिन निकाय लागिपरेको थियो ।स्थानीयहरूको भिड, आक्रोस साम्य भएपछि साँझ ८ बजेतिर परिवारलाई बैठक कक्षामा लगि हातजोडी माफी माग्न लगाएर एक संवेदनशील तथा जघनीय अपराध र अपराधीको बचाउमा स्थानीय सरकार लागि परेको भन्दै युवाहरूको सामूहिक आक्रोसले गाउँपालिका कोलह बन्यो ।

पीडितका पक्षमा उभिएको सर्वसाधारण र निकाय साथै अपराधीको फोटो भिडियो खिच्न प्रतिबन्ध समेतको आदेश अध्यक्ष प्रपिन चन्द्र राईले शान्ति सुरक्षाकर्मीहरूलाई आदेश दिएको थियो ।

सम्बन्धित खवर