शैक्षिक समाग्री वितरण - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

शैक्षिक समाग्री वितरण

साइनो समचारदाता

पथरी । कारितास कोरिया र स्कटल्याण्डले हिरक माध्यामिक विद्यालय पथरी शनिश्चरे, मोरङलाई बाल कक्षा, विद्यालय र शिक्षकका लागि १ लाख ७५ हजार ?पैयाँ बराबरका शैक्षिक सामग्री वितरण गरेको छ ।

पथरीशनिश्चरे नगरका शिक्षा उपसचिव शालिकराम काफ्ले र कारितास नेपाल दमकका कार्यक्रम व्यवस्थापक देवेन्द्र पोखरेलले सामग्री विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन् । बाल कक्षाका लागि मादल, साउण्ड वक्स तथा विभिन्नखाले गरी ३२ प्रकारका खेल सामग्री र विद्यालय एवम् शिक्षकका लागि आवश्यक १५ प्रकारका शैक्षिक सामग्री वितरण भएको हो ।

सम्बन्धित खवर