धुलाबारीले दमकलाई पाखा लगायो - Sainokhabar
  • बिहिबार, साउन १४, २०७८

धुलाबारीले दमकलाई पाखा लगायो

चेतन आङथुप्पो

चुलाचुली । प्रस्तावित सहिद माङ्तोक रंगशाला चुलाचुली इलाममा भइरहेको प्रथम चुलाचुली गोल्ड कपको तेस्रो खेलमा दुई झापा टिम भिडेका छन् ।

बुधबार भएको खेलमा समूह क अन्तरगत धुलाबारी फुटबल ए, झापा विजयी भएको छ । दमक फुटबल एकेडेमीलाई सुन्यको विरुद्ध १ एक गोल गर्दै धुलाबारी दोस्रो चरणमा प्रबेश गरेको हो । विजयीको तर्फबाट पुजन राईले १ गोल गरे । बिजय टिमका खेलाडी पुजन उपरकोटी र मनोज प्रधानले रेफ्रीमाथि अभद्र ब्यबहार गरेको भन्दै रेड कार्ड पाएका थिए । बैशाख १९ गते अब धुलाबारीले फुलबारी स्पोटिङ क्लबसँग खेल खेल्नेछ । आज मोरङ फुटबल एकेडेमी, मंगलबारे र शैनिक युथ क्लव विर्तामोड बीच प्रतिस्पर्धा हुनेछ ।

चुलाचुली खेलकुद समितिले आयोजना गरेको खेलमा जम्मा ८ समूहको खेल रहने छ । चुलाचुली गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता भइरहेको छ । बिजयी टिमलाई १ लाख, १ हजार, उपविजेतालाई ५१ हजार, टर्फी, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।

सम्बन्धित खवर