काँचुली पूर्वाञ्चलमा - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

काँचुली पूर्वाञ्चलमा

साइनो समचारदाता

काठमाडौ । बिजी बर्मा फिल्म्सको ब्यानरमा सत्य घटनामा आधारित एवम सामाजिक परिवेशलाई आधार बनाएर निर्माण गरिन लागेको नेपाली कथानक चलचित्र काँचुलीको छायाँकन पूर्वाञ्चलमा हुने बताइएको छ ।

चलचित्रमा कला राईको प्रस्तुति, शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा सो चलचित्रमा रहने चलचित्रका मिडिया कोडिनेटर रोशन पोखरेलले बताए । पुर्वाञ्चलका विभिन्न रमणीय स्थान, दमक, इलाम र श्री अन्तुमा छायाँकन गरिने चलचित्रकी प्रस्तुतकर्ता कला राईले बताइन् । चलचित्रमा नायक ईश्वर खाती, नायिका शुभेच्छा थापा, रश्मी भट्ट, रबिन श्री, राजन महर्जन, रिजन बिसुन्खे, नव नायिका कृति छेत्री ,राजन श्रेष्ठ ,अस्मि थापा, मिलन तमाङ, रमेस घतानीको अभिनय रहने भएको छ ।

सम्बन्धित खवर