कमल गाउँपालिका ११ विजयी - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

कमल गाउँपालिका ११ विजयी

चेतन आङ्थुप्पो

चुलाचुली । चुलाचुली गोल्डकप २०७६ को दोस्रो दिन भएको खेलमा कमल गाउँपालिका ११, झापा विजयी भएको छ ।

बैसाख १६ गते भएको समूह ‘ख’ को खेलमा एम। सिस एफ, इलामको टिमलाई कमल गाउँपालिका ११ सँग १–० गोलका अन्तरले पराजय भएको हो । कमल गाउँपालिकाको तर्फबाट निर्णायक गोल जर्सी नं.१७ को भुवन बस्नेतले गोल गरे ।
पटकपटक पेनाल्टी पाएका कमल गाउँपालिका ११ ले खेलको मध्यान्तरपछिको ३० औं मिनेटमा तेस्रो पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै भुवनले गोल गरेका हुन भने भुवनले मेन अप द म्याच घोषित भए ।

बैशाख २२ गते हुने फाइनल खेलमा विजेता टिमलाई १ लाख १ हजार, उपविजेतालाई ५१ हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी गराएको छ । गोल्डकप चुलाचुली १ स्थित प्रस्तावित सहिद माङ्तोक रंगशालामा एक सातासम्म संञ्चालन हुने खेलकुद समितिका संयोजक रामप्रसाद राईले जानकारी दिए ।

सम्बन्धित खवर