नामाकरण र राजधानी बारे छलफल सुरु - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

नामाकरण र राजधानी बारे छलफल सुरु

साइनो समचारदाता

विराटनगर । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामांकरण र राजधानीको लागि नाम दर्ता गराउन सांसदहरूलाई बैशाख १९ गतेसम्मको समय दिएका छन् ।

प्रदेशसभाको आइतबार बसेको प्रदेशसभाको बैठकमा सभामुख भण्डारीले बैशाख १९ गतेसम्ममा प्रदेशको नाम र राजधानीको प्रस्ताव गर्न आह्‍वान गरेका हुन ।
सभामुख भण्डारीले त्यसका लागि आव्हान गर्ने सूचना जारी गर्न प्रदेशसभा सचिवलाई निर्देशन दिएको पनि संसदलाई जानकारी दिए । सभामुख भण्डारीले प्रदेशको नामांकन र राजधानीको विषयमा सदनमा कार्यसूचिको रूपमा राखेसँगै प्रदेशले नाम र राजधानी पाउने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशको नाम र राजधानीको प्रस्ताव दर्ता भएसँगै उक्त विषयमा छलफल हुनेछ । छलफलबाट सहमति नभए मतदानको आधारमा विषयको टुंगो लाग्नेछ । संविधानले प्रदेशको नामाकरण र राजधानीको टुंगो लगाउन प्रदेशसभाको दुईतिहाइ मत आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एक्लैको दुईतिहाइ मत छ ।

सम्बन्धित खवर