प्रदेश नं १ अध्यक्षमा तीनको दाबी - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

प्रदेश नं १ अध्यक्षमा तीनको दाबी

 

अध्यक्षका आकांक्षी प्रवीन चाम्लिङ

साइनो समचारदाता

विराटनगर । प्रतिपक्षी संघीय समाजवादी फोरम (ससफो) नेपालको प्रदेश समितिमा तीन शीर्ष तहका नेता आकाक्षी देखिएका छन् ।

अध्यक्षका आकांक्षी भूराज राई

पार्टीका राजनीति समिति सदस्य प्रवीन चाम्लिङ, केन्द्रीय सदस्य भूराज राई, र केन्द्रीय सदस्य तथा वर्तमान प्रदेश तदर्थ समितिका अध्यक्ष भुपेन्द्र नेम्बाङ प्रदेश नेतृत्वमा दाबी गरेका छन् । भूराज राई भने सहमतिमा भए मात्रै अध्यक्ष हुने बताउँदै आएका छन् । नेतृत्वका लागि चाम्लिङ र नेम्बाङबीच कडा टक्कर स्पर्धा हुने प्रतिनिधिहरुले अड्कल काटदै आएको छन् । स्रोतका अनुसार राई र नेम्बाङ मध्ये सहमतिमा एक उठनेछन् । यस अघि प्रदेश समितिको तदर्थ समितिको अध्यक्षमा नेम्बाङ र चाम्लिङबीच चुनाब भएको थियो । अधिबेशन एक अध्यक्ष र बाकी सदस्य चयन गर्दै बैशाख १६ गते सम्पन्न हुने छ । अधिवेशनमा १४ वटा जिल्लाका करिब ५ सय प्रतिनिधि सहभागी हुदैछन् ।

आकांक्षी भुपेन्द्र नेम्बाङ

ससफो प्रथम राष्ट्रिय एकता अधिबेशनको उद्घाटन पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादबले गर्दैछन् ।

सम्बन्धित खवर