आज ससफो प्रदेश नं १ को अधिवेशन - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

आज ससफो प्रदेश नं १ को अधिवेशन

साइनो समचारदाता

विराटनगर । प्रतिपक्षी संघीय समाजवादी फोरम (ससफो) नेपालको प्रदेश नं १ अधिवेशन आज (वैशाख १५)बाट सुरु हुदैछ । अधिबेशन भोलि (बैशाख १६ गते) विराटनगरमा चल्नेछ ।

अधिबेशनमा पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादब, उपाध्यक्ष युवराज कार्कीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीकोे पाँचौ बैठकले प्रथम ऐतिहासिक एकता प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो । अधिवेशनमा १४ वटा जिल्लाका करिब ५ सय जना प्रतिनिधि हुने पार्टीका प्रचार विभाग प्रमुख कमल देवानले बताएका छन् । अधिवेशनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । अतिथि सत्कारमा पर्शुराम बस्नेत, आर्थिक व्यवस्थापनमा केशरमान गुरुङ, प्रचारप्रसारमा कमन देवान, प्रतिनिधि ब्यवस्थापनमा सिद्धान्त राई, स्वयंसेवक परिचालनमा बिनोद नेम्बाङ, आवास व्यवस्थापनमा प्रबिन चाम्लिङ, हल र भोजन व्यवस्थापनमा राजकुमार यादव, राजनीति एवं साङ्गठानिक प्रतिबेदनमा सनबहादुर राईलाई जिम्मा दिइएको छ ।

ससफोको प्रथम राष्ट्रिय महाधिवेशन आगामी वैशाख २८ गतेदेखि प्रदेश नं २ को जनकपुरमा हुँदैछ ।

सम्बन्धित खवर