मन्त्री आङ्बोद्वारा पुल शिलान्यास - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

मन्त्री आङ्बोद्वारा पुल शिलान्यास


साइनो समचारदाता

मिक्लाजुङ । आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मोरङको उर्लाबारी–१ र मिक्लाजुङ–६ जोड्ने मिक्लु खोलामा निर्माण हुने पुलको शिलान्यास गरेका छन् ।

विकाश निर्माणमा तीन वटै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउँदै मन्त्री आङ्बोले ठूला योजना संघीय सरकारले, मझौला योजनाहरु प्रदेश सरकारले र साना योजनाहरु स्थानीय सरकारले निर्माण गर्नुपर्ने बताएका छन् । मन्त्री आङ्बोले अबको केही वर्षमा भौतिक निर्माण क्षेत्रमा ठूलो प्रगति हासिल हुने दाबी गरेका छन् । विकाश निर्माणमा राजनीति गर्न नहुने भन्दै उनले तोकिएकै समयमा पुल निर्माण सम्पन्न गर्न स्थानीयबासीको भूमिका झनै महत्वपुर्ण औल्याएका छन् । कार्यक्रममा प्रदेशसभा सांसद् कुलप्रसाद साम्बा र उपेन्द्र घिमिरेले निर्वाचनमा जनतासामु गरेका चुनावी प्रतिबद्धताहरु बिस्तारै पुरा हुँदै गएको बताएका छन् । सांसद् साम्बाले आफुले निर्वाचनमा जनतासामु गरेका बाचाहरु आफ्नो कार्यकाल अवधिभर पुरा गरेरै छाड्ने उद्घोष गरे । मिक्लु खोलामा पुल निर्माण सुरु भएको र अब यही बैशाख महिनाभित्रै टाँडी – रमितेसम्म पुग्ने सडकमा कालोपत्र निर्माणको ठेक्का सम्झौता हुने जना । प्रदेश सांसद् साम्बाको विशेष पहलमा प्रदेश सरकारको बजेटमा सो ठाउँमा पुल निर्माण हुने भएको हो । कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, उपाध्यक्ष सरला राई, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोलगायतको उपस्थिति रहेको थियो ।

८६.६० मिटर लम्बाईको सो पुलको महाविर–किँरातेश्वर जे.भी. सुकेधारा काठमाण्डौले सात करोड २५ लाख ४९ हजार ७६० रुपैयामा ठेक्का लिएको हो । पुल आगामी २४ महिनाभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ । भौतिक पूर्वाधार विकाश मन्त्रालयका सचिव मनोज घिमिरेकाअ नुसार पुल निर्माण अन्र्तगत प्रदेश सरकारले सुरु गरेको योजना यो नै पहिलो हो ।

सम्बन्धित खवर