आजबाट चुलाचुली गोल्डकप - Sainokhabar
  • शुक्रबार, असोज ०८, २०७८

आजबाट चुलाचुली गोल्डकप

चेतन आङ्थुप्पो

चुलाचुली । इलामको चुलाचुली खेलकुद समितिद्वारा आयोजित प्रथम चुलाचुली गोल्डकप आज (बैशाख १५) बाट सुरु हुदैछ । प्रतियोगिता बैशाख २२ गतेसम्म आयोजना हुनेछ ।

चुलाचुली खेलकुद विभागका संयोजक रामप्रसाद राई, सदस्य सागर जवेगु, उद्धव ओझाले चुलाचुली गाउँपालिकाको सभा कक्षमा प्रेसमिट गर्दै खेलबारे बताइएको थियो । ६ लाख बढी लगानीमा आयोजना गरिने खेलकुद संयोजक राम प्रसाद राईले बताए । प्रथम विजयी हुने टिमलाई १ लाख, दोस्रो विजेताले ५१ हजार नगद सहित ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिने वताएका छन् । खेलमा झापा, मोरङ, इलामको गरि ८ वटा खेल टिमले सहभागीता जनाउने भएको छ ।

चुलाचुली गाउँपालिकाको हकमा लेभेन साइजको फुटबल खेलमैदान व्यवस्थित नभएकोले चुलाचुली गाउँपालिका वडा नं. १ कमलसंगै सिमाना रहेको प्रस्तावित शहिद माङ्तोक रंगशालामा खेल आयोजना गरिने समितिका सदस्य सागर जवेगुले बताएका छन् ।

सम्बन्धित खवर