१८ जनाले निःशुल्क आँखा अप्रेशन - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

१८ जनाले निःशुल्क आँखा अप्रेशन


साइनो समचारदाता

चुलाचुली । इलामको चुलाचुली गाउँपालिका ३ नं. वडाले एक दिने निःशुल्क आँखा शिविरको कार्यक्रमको आयोजना गरेको छ ।

किराँतेश्वर माध्यमिक विधालयमा आयोजित शिविर कार्यक्रममा ३ सय बढी आँखाका विरामीहरूले लाभ लिएका थिए । मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालित शिविरबाट १८ जनाले निःशुुल्क अप्रेशन उपचार गर्न पाउने भएको वडाका सदस्य धनबहादुर विकले वताएका छन् । शिविरमा ३५ बर्ष माथिका आँखाका विरामीहरूको उपस्थिति थियो ।

सम्बन्धित खवर