रोमान्टिक नायक विशाल - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

रोमान्टिक नायक विशाल

साइनो समचारदाता

काठमाडौ । नेपाली चलचित्रहरु बन्ने क्रम चलिरहेकै बेला अहिले मोडल तथा नायक विशाल सेनिहाङ्ग लिम्बुलाई भ्याइनभ्याई भएको छ । भाषिक चलचित्रबाट आफ्नो केरियर सुरु गरेका सेनेहाङ्ग अहिले नेपाली चलचित्रमा ब्यस्त छन ।

बि.स. २०४९ साल माघ १३ गते बुवा स्व. लछ्मी सेनिहाङ्ग र माता तिलरुपा सेनिहाङ्गको माइला सुपुत्रको रुप जन्मेका विशाल बिगत १० बर्षदेखि चलचित्रमा संघर्ष गर्दै आइरहेका छन । मातृभाषाको चलचित्र ‘केस्साङ्गला’ र ‘थेत्लङ’ मुख्य भुमिका निभाइसकेका विशालले ५ दर्जन भन्दा बढी म्युजिक भिडियोमा छाइसकेका छन ।
विशाल सेनेहाङ्ग अहिले नेपाली कथानक चलचित्रमा डेब्यु गर्दैछन भने चलचित्रको नाम भने खुलाइएको छैन । चक्लेटी अनुहार परेका नायक उनी अहिले लिम्बु समुदायमा मात्रै नभइ अन्य समुदायमा पनि छोटो समयमै आफ्नो नाम चर्चामा ल्याउन सफल भएका छन ।

केही समय अघि पिता लछ्मी सेनेहाङ्गको निधन भएपछि विशाल सेनेहाङ्ग अहिले पितृशोकमा छन । लिम्बू समुदायबाट धेरै कलाकार उत्पादन भए पनि खासै चर्चा भएको पाइएको थिएन तर पछिल्लो समय विशालले लिम्बु समुदायबाट आफ्नो नामलाई अग्रस्थान राख्दै अघि बडिरहेका छन । चलचित्र क्षेत्रमा उनी सम्भावना बोकेका रोमान्टिक नायकको रुपमा छाउने सम्भावना छ ।

सम्बन्धित खवर