पथरीमा शारिरिक शुगठन हुने - Sainokhabar
  • शुक्रबार, असोज ०८, २०७८

पथरीमा शारिरिक शुगठन हुने

साइनो समचारदाता

पथरी । मोरङको पथरीमा मिस्टर पथरी शारिरीक सुगठन प्रतियोगिता हुने भएको छ ।

पथरी फिटनेस क्लवको आयोजनामा बैशाख २५ गते हुने शारिरीक शुगठन प्रतियोगितामा पथरीशनिश्चरेका जिम्लरहरुले प्रतिस्पर्धा गर्ने पथरी फिटनेस क्लवका संचालक गणेश नेपालीले बताए । प्रतियोगिताका विजेताले नगद २५ हजार प्रप्त गर्ने छन भने दोस्रो र तेस्रोले क्रमशः २० हजार, १५ हजार प्राप्त गर्ने छन । दुई समूहमा ५५–६५ र ६५ माथि हुने प्रतियोगिताका प्रतिस्पर्धी मध्येका बेष्ट पोजर र मष्ट मष्कुलरले नगद ५÷५ हजार प्राप्त गर्ने छन । पथरी नगरपालिको सहयोगमा “स्वास्थ रहु, दुर्बेसन मुक्त रहु” भन्ने नाराका साथ कञ्चन चित्र मन्दिरमा कार्यक्रम सम्पन्न हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन । प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीले आफ्नो शुगठन शरिरको कला समेत प्रस्तुत गर्ने छन ।

सम्बन्धित खवर