बाइस गर्भवतीलाई झुल वितरण - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

बाइस गर्भवतीलाई झुल वितरण

साइनो समचारदाता

पथरी । विश्व औलो दिवसका अवसरमा स्वास्थ्य शाखा पथरी शनिश्चरे नगरपालिकाले २२ जना गर्भवती आर्थिक विपन्न महिलालाई झुल वितरण गरेको छ ।

वडा नम्वर २ स्थित चौतारी सामुदाियक वन कार्यालयमा सञ्चालित कार्यक्रममा औलो रोग सम्वन्धी जनचेतनामुलक प्रस्तुतिका साथै वडाध्यक्ष यामप्रसाद गुरागाईंको अगुवाईमा झुल विरतण भएको हो । ‘आफैंबाट सुरू गरौ, औलोलाई शुन्यमा र्पुयाऔं’ भन्ने नाराका साथ गर्भवती महिलाहरुलाई लक्षित गरि सञ्चालन गरिएको कार्यक्रममा गर्भवती महिला, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको स्वास्थ्य सहसंयोजक एकराज खत्रीले जनाए ।

सम्बन्धित खवर