बन्दुक संकलन नगरियोस्ः स्प्रिङ आन्दोलन - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

बन्दुक संकलन नगरियोस्ः स्प्रिङ आन्दोलन

साइनो समचारदाता

पथरी । शान्ति सुरुक्षा कायम गर्ने उद्देश्यले ताप्लेजुङ पाँचथर लगायत जिल्लामा बरुवा बन्दुक संकलनलाई प्रशासनले तीव्रता दिएपछि लिम्बूवान स्प्रिङ आन्दोलनले विरोध जनाएको छ ।

शान्ति सुरक्षामा बरुवा बन्दुक लगातका हातहतियार चूनौती रहेको भन्दै राज्यले पूर्वी ताप्लेजुङ पाँचथरमा बन्दुक संकलन गरिरहेको छ । बन्दुक लिम्बु समुदायको सस्कार र संस्कृतिसंग प्रत्यक्ष जोडिएकाले संस्कृतीमाथि नै धावा बोलिएको भन्दै उस्ले विज्ञप्ती जारी विरोध गरेका हुन् ।

संविधान तथा राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन र प्रथाजनित कानुनको धज्जी उडाउँदै राज्यले नै संस्कृतीमाथि धावा बोलिरहेकाले साँस्कृतिक एकाधिकार विरुद्ध आन्दोलन गर्ने विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित खवर