सासद राईको अगुवाईमा शान्ति सुरक्षा बारेमा छलफल - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

सासद राईको अगुवाईमा शान्ति सुरक्षा बारेमा छलफल


साइनो समचारदाता

पथरी । अपराधीलाई निरुत्साहित गरी मोरङको पथरीशनिश्चरे नगर क्षेत्रको शान्ति सुव्यवस्था कायम राख्न सुरक्षा निकायलाई सक्रिय बनाउनु पर्ने नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।

प्रदेश सांसद सूयर्माराज राईको अगुवाईमा बसेको सर्वपक्षीय भेलामा सांसद राईले नगरको शान्ति सुरक्षाको व्यवस्थापन गर्न प्रहरी प्रशासन चुकेको ठहर गर्दै नगरमा डीएसपीको कमाण्डमा बढी संख्यामा प्रहरी व्यवस्थापनको पहल थालिएको बताए । उनले व्यवसायी महिला रिना बस्नेतको रहस्यमय मृत्यु प्रकरण सहित आपराधिक गतिविधिको सुरक्षित थलोका रुपमा पथरी शनिश्चरेलाई चिनाउने दुस्साहस गर्ने पक्षलाई सवैको सहकार्यमा निरुत्साहित पार्न लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा, रिना रहस्यमय मृत्यु प्रकरणको छानविनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिनु भएका डीएसपी नवराज ढुंगानाले आफुले रिनाको रहस्यम घटनाको यथार्थ पत्ता लगाउने वचन दिए ।

कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई सहित विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि, व्यवसायीहरुले नगरको शान्ति सुरक्षा चुस्त बनाउन प्रहरीको सक्रियता रहनु पर्ने र त्यसमा सवै पक्षले सहयोग पुर्याउनु पर्ने धारणा राखेका छन् । सहभागीले रिना सहित यसअघि भएका रहस्यमय मृत्यु प्रकरणलाई सुक्ष्म रुपले प्रहरीले अध्ययन गर्नुपर्ने समेत धारणा राखेका छन् ।

सम्बन्धित खवर