कविताः लोकतन्त्र - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

कविताः लोकतन्त्र

केशब थापा मगर

ए मेरो सहिद !
तिमी व्यर्थ मर्यौ
न तिम्रो नाम लिने छन् यहाँ
न तिम्रो बलिदान सम्झने जमात छन् यहाँ
हे सहिद !
तिमी व्यर्थ मार्यौ
तिमी समानताको लागि लड्छु भन्थ्यौ,
सारा नेपालीको नयाँ बिहानीको लागि मर्छु भन्थ्यौ,
तिमी लोकतन्त्रको लागि गोली थाप्छु भन्थ्यौंँ,
मेरो नेतालाई बचाएर मर्छु भन्थ्यौँं
हे मेरो सहिद !
खै के पायौ ?

तिम्रो टुहुरो छोरो अरबको खाडी मा छ
तिम्रो परिवार खोलाको मिस गिड्डी र बलुवा चलाईमा छ
खै तिम्रो लोकतन्त्र ?
तिम्रो नेताहरु तिम्रो बलिदानको कदर गर्न चाहँदैन
तिम्रो बलिदानको दिन अरुलाई सम्झाउन चाहँदैन

हजारौ सहिदको बलिदान पछि प्राप्त लोकतन्त्र को दिन
सार्बजनिक बिदा दिई १ मिनेट मौन धारण गरि सम्मान दिन पनि चाहँदैन .
ए मेरो सहिद तिमी व्यर्थ म¥र्यौ !!!!

बेलबारी १ मोरङ
२०७६ बैशाख ११ गते (लोकतन्त्र दिवस समर्पित)

सम्बन्धित खवर