सिमलटारले टोल उपाधि चुम्दै - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

सिमलटारले टोल उपाधि चुम्दै

साइनो समचारदाता

इलाम । इलामको माङ्सेबुङ गाउँपालिका ४ नम्बर वडा कार्यालयको प्रायोजन र युवा तथा खेलकुद समिति सिमलटारको आयोजनमा टोलस्तरीय फुटबल प्रतियोगिता २०७६ को फाइनल खेल सम्पन्न भएको छ ।

स्थानीय सरस्वती आधारभूत विद्यालयको खेल मैदानमा बैशाख ६ देखि सुरू भएको खेल १० गते सम्पन्न भएको हो । टोलस्तरीय पुरुष फुटबल प्रतियोगितामा सिमलटार टोलले मार्चेबुङ टोललाई ३–१ को अन्तरले हराउँदै उपाधि चुमेका छ । विजयी टिमलाई २१ हजार, १ सय ११, दोस्रो विजयीलाई १५ हजार, १ सय नगद सहित ट्रफि, मेडल, प्रमाणपत्र वडाका जनप्रतिनिधि अमृत राईले वितरण गरेको थिए । उत्कृष्ट किपिङ भविन लिम्बू, मेनअफ द म्याच लक्षु लिम्बू, बेस्ट खेलाडी सन्देश राई, बेस्ट डिफेन्डर लोकेन्द्र लिम्बू घोषित भएका छन् । फाइनल खेलकै अवसरमा महिलाबीचको फुटबल प्रतियोगिता र शिक्षक, राजनीतिक टिम बीचको समेत खेल भएको थियो ।

सम्बन्धित खवर