स्वर्गिक मार्ग संघद्वारा सरसफाई - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

स्वर्गिक मार्ग संघद्वारा सरसफाई

साइनो समचारदाता

बेलबारी । मोरङ स्वर्गिक मार्ग संघ, बेलबारीको आयोजनामा लोकतन्त्र दिवसको अवसरमा बुधबार सरसफाई गरेको छ । बेलबारीको वाड नं. १ र ३ अवस्थित दुर्गा मन्दिर र सुन्दर टोलबाट सुरु भएको सरसफाइ लोहोन्द्रा पुल पारी लालभित्ती पुगेर सम्पन्न भएको थियो ।

नगरपालिकाकी उपप्रमुख ढाका पराजुलीले सफा र स्वच्छ राख्ने विषयमा गम्भीर रहेर विभिन्न सरसफाइ कार्यक्रम गरिरहेको बताउँदै स्वर्गिक मार्ग सङ्घ, बेलबारीले गरेको सरसफाइ कार्यक्रमको प्रशंसा गरिन् । औपचारिक उद्घाटन उपप्रमुख पराजुलीले झाडु लगाएर गरिन् । स्वर्गिक मार्ग सङ्घ, बेलबारीको आयोजनामा भए पनि सरसफाइको क्रममा स्थानीयबासीहरुको पनि स्व स्फूर्त रूपमा सहभागी भएका थिए ।

सम्बन्धित खवर