रिना मुत्यु प्रकरण, आधा दर्जन बढी घाइते, नगर प्रमुख राई भन्छन्, ‘प्रहरीले सहमति पालना गरेन’ - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

रिना मुत्यु प्रकरण, आधा दर्जन बढी घाइते, नगर प्रमुख राई भन्छन्, ‘प्रहरीले सहमति पालना गरेन’


फिपराज बेघा

पथरी । रिना मृत्यु प्रकरणको क्रममा स्थानीय आधा दर्जन बढी घाइते भएका छन् । स्थानीय र प्रहरी बीच झडप हुदा ढुङ्गा र अश्रुल ग्यास लागेर जित बहादुर लाओती, मन्जु पौडेल, सुदिप राई, गोपाल विक, ज्ञानेन्द्र विष्ट, सोमनाथ विक, सुमित्रा खतिवडा, कुल बहादुर थापा घाइते भएका छन् । लावतीकोे टाउकोमा चोट लागेको र पौडेललाई असुर ग्यासले निकै असर पुर्याएकोे भएता पनि पाँचै जनाको अवस्थाा सामान्य हुदै गएको पथरी हस्पिटलले जनाएको छ । पौडेल मनकामना साकोसकी कर्मचारी हुन् । प्रदर्शनको क्रममा घाइते राई र विकलाई थप उपचारको लागि नोवेल अस्पताल सुदिप राईको कानको पछाडि ४ ईन्च गहिरो चोट लागेको थियो । सोमनाथ विकको घुँडाको पाङ्ग्रामा चोट लागेको मोरङ हस्पिटलले जनाएको छ ।

स्थानीयवासीले ढुङ्गा प्रहार गरेको भन्दै प्रहरीले हवाइ फायर र दजनौं अश्रृग्यास प्रहार गरेको थियो । ट्राफिक विट नजिकैवाट प्रहार गरेको अश्रृग्यासले स्थानीय पथरी अस्पताल र कावेली अस्पतालमा उपचार गर्न आएका विरामी समेत प्रभावित वनेका थिए । अश्रुल ग्यासले कावेलीमा उपचाररत रहेका बिरामीको अवस्था अस्तव्यस्त बनेको सो हस्पिटलका सञ्चालक सन्तोष ढुङ्गेलले बताए । प्रहरीले हस्पिटल जस्तो संबेदनसिल ठाउँमा समेत असुर ग्यास प्रहार गर्दा बिरामीलाई असर परेको ढुङ्गेलले बताए ।

स्थानीयले मंगलबार विहानदेखि इलाका प्रहरी कार्यालय, पथरी शनिश्चरे नगरपालिकाको कार्यालय, पूर्व पश्चिम लोकमार्ग नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले बजारको अलबा नगरपालिका बन्द गराएका छन् । आक्रोशित स्थानीयबासले इलाका प्रहरी कार्यालयमा ढुंगामुडा प्रहार गरेका छन् । प्रहरीले भने २ राउण्ड हवाइ फायर गरेको छ । रिनाको घट्नाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । सोमबार संघर्ष समिति गठन समेत गरेका थिए । उद्योग बाणिज्य संघ पथरीकी पूर्ब बरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । सोमबार बिहान १० बजे उद्योग बाणिज्य संघको पहलमा ध्यानाकर्षण पत्र बुझाएसँगै प्रहरी प्रशासनले गुनासो सुन्न नखोजे पछि स्थिति असामान्य बनेको थियो । बैशाख ७ गते रिना बस्नेतको अकल्पनीय, शंकास्पद र निन्दनीय घट्ना घटेको प्रति पथरी उद्योग बाणिज्य संघले विज्ञप्ती जारी गर्दै रहस्मय घट्नाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्कालै कानुनी दायरा ल्याएर कारबाही गर्न माग गरेको थियो । घटनाको हेलचेक्राई गरे संघले कडा कदम चाल्ने संघका अध्यक्ष दीपक बस्नेत र महासचिब अशोककुमार राईद्वारा जारी विज्ञप्तीमा भनिएको छ । पथरीमा केहि समय अघिदेखि उद्योगी, व्यापारी नागरिक असुरक्षित महशुस गर्दै आएको, घटनाले अझ अपराधीहरु सक्रिय हुदै गएको पुष्टि भएको संघको ठहर छ ।

‘प्रहरीले सहमति पालना गरेन’ः नगर प्रमुख राई

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईले प्रहरीले सहमति विपरीत आन्दोलनकारीलाई अश्रुग्यास प्रहार भएको आरोप लगाएका छन् । आन्दोलनको स्वरुप परिर्वतन गर्न सहमति गर्दै गर्दा प्रहरीले आक्रोशमा आएर प्रदर्शनकारीलाई अश्रृग्यास प्रहार गरेको राईले आरोप लगाए । प्रमुख राईले प्रदर्शनकारी र प्रहरीबीच वैठक वसी सहमति गरेको बारेमा जानकारी गराउन सम्वोधन गर्ने क्रममा प्रहरीले अश्रृल ग्यास प्रहार गरेको बताए ।

पथरीमा यस अघि स्थानीयबासी र शिविरबासी, युथ फोर्स र वाईसियल, सुकुम्बासी र प्रहरी बीच दोहोरो झडप भएको थियो ।

को हुन रिना ?

शनिबार बिहान नग्न अबस्थामा रुपा (रिना) बस्नेत मृत भेटिएकी थिइन् । तेह्रथुम घर भएकी उनी पथरीमा एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउस सञ्चालन गर्दै आएकी थिइन् । २९ बर्षीया रुपा (रिना) बस्नेत पथरी शनिश्चरे १ मा डेरा गरी बस्थिन् । उनको श्रीमान सन्तोष बस्नेत बैदेशिक रोजगारको शिलशिलामा बाहिर थिए । घटना पत्तो पाए पछि श्रीमान सन्तोष बस्नेत पथरी आइपुगेका छन् ।

रिना पथरी शनिश्चरे जातेमोड (मोरङ) मा शुक्रबार राति आयोजित कन्सर्ट हेर्न भनेर छोरासँग निस्केएर कोठा फर्किएकी थिइन् । शनिबार बिहान मृत भेटिएकी रिनाको नग्न अबस्थामा घोप्टो परेर स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको बलात्कार पछि हत्या हुन भएको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि जिल्ला प्रहरी कार्यालयका एसपी मनोजकुमार केसीले घट्नाको अनुसन्धान गरिरहेको बताएका छन् । १४ बर्षीया छोरा साइममनको साथ
दशक अघिदेखि पथरी बस्दै आएकी थियन् । मृतकको शब पोष्टमाटमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

एक पक्राउ

प्रहरीले पथरीमै व्यवसाय गर्दै आएका मोरङ जिल्लाको सुन्दर हरैचाका कमल नेपाललाई पक्राउ गरेका छन् ।

सम्बन्धित खवर