रिना मृत्यु प्रकरण, प्रहरी कार्यालयमा ढुंगा मुडा प्रहार, प्रहरीद्वारा २ राउण्ड अश्रु ग्याँस फायर - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

रिना मृत्यु प्रकरण, प्रहरी कार्यालयमा ढुंगा मुडा प्रहार, प्रहरीद्वारा २ राउण्ड अश्रु ग्याँस फायर

साइनो समचारदाता

पथरी । मोरङको पथरीशनिश्चरेका आक्रोशित स्थानीयबासले इलाका प्रहरी कार्यालयमा ढुंगामुडा प्रहार गरेका छन् । ढुंगामुडाबाट केही घाइते भएका छन् । प्रहरीले भने २ राउण्ड अश्रु ग्याँस प्रहार फायर गरेका छ । स्थानीयहरुले पथरी शनिश्चरे नगरपालिका समेत बन्द गराएका छन् । मगलबार विहानदेखि उद्योग बाणिज्य संघले बजार बन्द गराएका छन्, पूर्व पश्चिम लोकमार्ग समेत अबरुद्ध छ ।

शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोपाइटर २९ बर्षीया रुपा (रिना) बस्नेतको घट्नालाई लिएर दुईदिन अघिदेखि पथरी तनाबग्रत बन्दै गएको छ । पथरी १ मा डेरा गरी बस्ने रिनाको घट्नाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।पथरी प्रहरी प्रमुखका सरुवाको माग गरेका छन् । स्थिति नियन्त्रण वाहिर नजाओस भनेर पथरीमा थप सुरक्षा वल परिचालन गरिएको छ भने घटनाको अनुसन्धान गर्न प्रदेश नम्वर १ प्रहरी कार्यालयवाट अनुसन्धान टोली पथरी आएको छ ।

आक्रोशित स्थानीयबासीले नाराबाजी गर्दै टायर बालेर सडक अबरुद्ध मात्र गरेनन्, सोमबार संघर्ष समिति गठन गरेका छन् । उद्योग बाणिज्य संघ पथरीकी पूर्ब बरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । सोमबार बिहान १० बजे उद्योग बाणिज्य संघको पहलमा ध्यानाकर्षण पत्र बुझाएसँगै प्रहरी प्रशासनले गुनासो सुन्न नखोजे पछि स्थिति असामान्य बनेको थियो ।

तस्वीरः धनकुमार मगर

बैदेशिक रोजगारको शिलशिलामा बाहिर रहेका रिनाका श्रीमान सन्तोष बस्नेत पथरी आइपुगेका छन् । प्रहरीले पथरीमै व्यवसाय गर्दै आएका मोरङ जिल्लाको सुन्दर हरैचाका कमल नेपाललाई पक्राउ गरेका छन् ।

सम्बन्धित खवर