ग्रामथान र जहदामा गाउँपालिका आयोजक समिति - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

ग्रामथान र जहदामा गाउँपालिका आयोजक समिति

साइनो समचारदाता

जहदा । नेपाल आदिबासी जनजाति महासंघ मोरङले जिल्लाको दुई स्थानीय तहमा गाउँपालिका समन्वय परिषद् भेला आयोजक समिति गठन गरेको छ ।

शनिबार जहदा गाउँपालिकामा भएको भेलाले शत्रुघन प्रसाद मण्डलको संयोजकत्वमा ७ सदस्यीय भेला आयोजक समिति चयन गरेको छ । समितिको सचिबमा महेन्द्रप्रसाद मण्डल, कोषाध्यक्षमा गान्धीप्रसाद मण्डल, सदस्यमा कोलाई मण्डल, नुनुलाल टुडु, प्रमोद मण्डल, विष्णु मण्डल रहेका छन् ।

शुक्रबार ग्रामथान वडा नम्बर ६ को कार्यालय भएको भेलाले भूपनारायण चौधरी संयोजक र शितल राम विश्वाश सचिब रहेको ग्रामथान आयोजक समिति गठन गरेको छ । समितिको सदस्यहरुमा ललित चौधरी, सबुरलाल माझी र भूपनारायण खाँ छन् ।

समितिले महासंघको सदस्य संगठनको प्रतिनिधि भेला गरी बैशाख १५ गते भित्रमा गाउँपालिका स्तरीय समन्वय समिति गठन गर्नेछ ।

सम्बन्धित खवर