स्थानीयद्वारा प्रदर्शन जारी, पथरी तनाबग्रस्त, एक पक्राउ, नगरपालिकामा तालाबन्दी - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

स्थानीयद्वारा प्रदर्शन जारी, पथरी तनाबग्रस्त, एक पक्राउ, नगरपालिकामा तालाबन्दी

साइनो समचारदाता

पथरी । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोपाइटर २९ बर्षीया रुपा रिना० बस्नेतको घट्नालाई लिएर पथरी तनाबग्रत छ ।

पथरी १ मा डेरा गरी बस्ने रिनाको घट्नाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । आक्रोशित स्थानीयबासीले नाराबाजी गर्दै टायर बालेर सडक अबरुद्ध मात्र गरेनन्, सोमबार संघर्ष समिति गठन गरेको थियो । उद्योग बाणिज्य संघ पथरीकी पूर्ब बरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । सोमबार बिहान १० बजे उद्योग बाणिज्य संघको पहलमा ध्यानाकर्षण पत्र बुझाएसँगै प्रहरी प्रशासनले गुनासो सुन्न नखोजे पछि स्थिति असामान्य बनेको थियो ।

आक्रोशित स्थानीयले मगलबार विहानदेखि बजार बन्द गराएका छन्, पूर्व पश्चिम लोकमार्ग समेत अबरुद्ध छ । बैदेशिक रोजगारको शिलशिलामा बाहिर रहेका रिनाका श्रीमान सन्तोष बस्नेत पथरी आइपुगेका छन् । प्रहरीले पथरीमै व्यवसाय गर्दै आएका मोरङ जिल्लाको सुन्दर हरैचाका कमल नेपाललाई पक्राउ गरेका छन् । आन्दोलनमा उत्रिएका महिलाहरुले पथरी शनिश्चरे नगरपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेका छन ।

सम्बन्धित खवर