राजनैतिक समस्या हल भएका छैनः उपाध्यक्ष कार्की, - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

राजनैतिक समस्या हल भएका छैनः उपाध्यक्ष कार्की,

मुकेश यादब

विराटनगर । संघीय समाजबादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले मुलकमा राजनीति समस्या सामधान नभएको बताएका छन् ।

विराटनगरमा भएको पार्टीको जिल्ला समन्वय समिति गठन कार्यक्रम उनले पहिचानबादी शक्तिहरुले राजनैतिक समस्या हल नभएको बताइरहेको उल्लेख गरेका छन् । पार्टी सरकारमा रहदा आलोचना आइरहेको प्रति नेता कार्कीले उद्देश्य प्राप्ती गर्ने साधनको रुपमा पार्टी सरकारमा गएको बताएका छन् । अहिलेको संघीयता प्रशासनिक संघीयताको रुपमा उनले चित्रण गरेका छन् ।

ससफो मोरङमा पुरानै नेतृत्व

संघीय समाजबादी फोरम नेपाल (ससफो) जिल्ला समन्वय परिषद्, मोरङकमा पुरानै नेतृत्व दोहोरिएका छन् । २०७३ पुसमा भएको पहिलो अधिबेशनमा अध्यक्षमा निर्वाचित राजकुमार यादब, उपाध्यक्षमा निर्वाचित केशरमान गुरुङ, सचिबमा निर्वाचित राछामी किराती, कोषाध्यक्षमा निर्वाचित महेश्वर यादब पुनः नेतृत्वमा निर्वाचित भएका छन् । सोमबार उनीहरुलाई जिम्मेवारी दिएको हो । समितिको सहसचिबमा मन्तलाल यादब छन् । समितिको सदस्यहरुमा पर्शुराम चोङबाङ, बालकुमार तामाङ, अनिलकुमार ठाकुर, सुकमाया लिम्बु, दिलिप चौधरी, विष्णु राई, शालो साह, कैलाश प्रसाद मण्डल, जनकलाल चौधरी, हरिन्द्र सेनिहाङ,, विजयसिंह गन्गाई, शंकरप्रसाद साह, विमला साह, मन्नालाल मण्डल, हरि लिम्बु, बसुन्धरा झा, सीता कुमारी राई, शिबशंकर निधि, तिलक राई, सविता राय, हरिप्रसाद साह, नरेश श्रेष्ठ, देवरानी राजबंशी, महेश्वर यादब, उमालाल यादब, सदानन्द यादब, उमानाथ दास, झरीलाल यादब, ममता साम्पाङ, मो.फौयाज, मातृका धिमाल, बाबुप्रसाद यादब, रामकुमार राई, पुरुषोत्तम चौधरी, गोविन्द तामाङ, शान्त राई, भक्त राज राई, देबी सिंह, नधुनीप्रसाद सिंह, सदिना खातुन, योबाहाङ लिम्बु, लालबहादुर राई, देबेन्द्र राई, आनन्दकुमारी लिंखा, शंकर देवान, ओमप्रकाश अग्रवाल, पहिचान राजबंशी, श्रीराम कामत, कमला साह शान्त राई छन् ।

सम्बन्धित खवर