पथरीमा एक महिलाको रहस्यमय मृत्यू दोषी को ? (भिडियो सहित) - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

पथरीमा एक महिलाको रहस्यमय मृत्यू दोषी को ? (भिडियो सहित)

साइनो समचारदाता

पथरी । मोरङको पथरी बजारमा एक महिलाको मृत्यू भएको छ । घटनाको प्रकृति हेर्दा अकल्पनीय, शंकास्पद र निन्दनीय घट्ना घटेका देखिन्छ । पथरीमा बजारमा बिगत ९÷१० बर्षदेखि डेरा बसेर कस्मेटिक पसल चलाउदै आएकी बस्नेतको शनिवार बिहान नग्न अवस्थामा मृत्यू अवस्थामा मर्निङ वाक गर्नेहरुले देखि प्रहरीलाई खवर गरेका थिए ।

उनी अघिल्लो दिन पथरीमा आयोजित कन्सर्ट हेर्न गएर राती कोठा फर्किएकी थिइन् । रुपा १३ वर्षिय छोरा साइमनसंग डेरामा बस्दै आएक की थिइन् । आमा र छोरा रातको १२ बजेसम्म मोवाईल चलाउदै बसेको छोरा साइमन बस्नेत बताउछन ।

मृतक बस्नेतको शव नग्न अवस्थामा घोप्टो परेको र शवमा रगत पनि बगेको अवस्थामा भेटिएको थियो । तर, मृतकको कपडा भने उनकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । ‘कपडा आफैले खोलेर कोठामा नै राखेको देखिन्छ । यद्यपि पोष्टमार्टमबाट धेरै कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए । प्रहरीले सबै कोणबाट अनुसन्धान थालिएको उनले बताए । ‘आफ्नै डेरा भएको घरअघि मृत भेटिएको हो । चोट देखिएको अवस्था छ,’एसपी केसीले भने,‘शवलाई पोष्टमार्टम गर्न धरान पठाएका छौ, पोष्टमार्टमबाट धेरै कुरा खुल्छ ।’ केसीले जानकारी दिएका छन ।

मृतकको कोठा तेस्रो तलामा छ । उनका श्रीमान् वैदेशिक रोजगारीमा दुवई गएका छन् । शुक्रबार फोनमा आतिदै गफ गरेको र बेलुकी हल्का मापसे गरेको छोराले बताएका छन । तर पनि घटनालाई सबै ढंगबाट सुक्ष्मरुपमा अनुसन्धान हुनुपर्ने आत्मा हत्या नभएर हत्या भएको आफन्तको दाबी छ ।

पथरीशनिश्चरे नगरपालिका, इलाका प्रहरी कार्यलय पथरी, सुरक्षा बेस क्याम र सशस्त्र प्रहरी बेस क्याम जस्ता राज्यको ३ ओटा सुरक्षा निकाय रहेको छ । गएको दुई महिनालाई हेर्ने हो भने एकपछि अर्को गर्दै ४ ओटा सृखलाबद्ध रहस्यमय शव फेला परेको छ । यस्ता घटनाले गर्दा आम पथरीबासी त्रसित छन । फागुन १६ गते पथरीकै एक सिक्का बारबाट सोहि प्रकारको एक युवकको हत्या भएको थियो । ५ तला माथि रहेको बारमा रमाईलो गर्न गएका युवाको बारको तल घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । पथरी कानेपोखरी सडक नजिकैको जंगलमा २ महिलाको रहस्यमय मृत्यू भएको थियो । २ महिनामा ४ ओटा रहस्यमय मृत्यू हुदा पनि इलाका प्रहरी कार्यालयबाट शान्ति सुरक्षाको विषयमा केहि सजक नभएको स्थानीय ब्यापारी बताउछन ।

 

 

यता बैशाख ७ गते रिना बस्नेतको अकल्पनीय, शंकास्पद र निन्दनीय घट्ना घटेको प्रति पथरी उद्योग बाणिज्य संघले गम्भीर ध्यानाकर्षण जनाएको छ । उस्ले विज्ञप्ती जारी गर्दै रहस्मय घट्नाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्कालै कानुनी दायरा ल्याएर कारबाही गर्न माग गरेको छ ।

पथरी शनिश्चरे वडा नम्बर १ मा घटेको लक्षित घटनाहरु प्रहरी प्रशासन र स्थानीय निकायको तालमेल नभएर घट्ना घटेको वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेन बताउछन । शव पोष्टमार्टमका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

सम्बन्धित खवर