समाजसेवी थेगिमहाङको डाडाबजारमा शालिक अनावरण, सन्तुलित विकास आवश्यकः उपप्रधानमन्त्री यादब - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

समाजसेवी थेगिमहाङको डाडाबजारमा शालिक अनावरण, सन्तुलित विकास आवश्यकः उपप्रधानमन्त्री यादब

निमा पोङसुवा

धनकुटा । उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादबले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने कुरा पटकपटक दोहोर्याइएको भन्दै अब संशोधन गरेर अगाडि बढ्ने बताएका छन् ।

उपप्रधानमन्त्री यादबले धनकुटाको डाडाबजारमा भगिश्वर थेगिमहाङ लिम्बुको शालिक अनावरण तथा उनको जीवनी बिमोचन कार्यक्रममा उनले सो कुरा बताएका हुन । भगिश्वरको शालिक उनका श्रीमती दुर्गादेबी लिम्बू र उपप्रधानमन्त्री उपेन्द्र यादवको संयुक्त रुपमा अनावरण गर्दै उनले समाबेशी लोकतन्त्रको माध्यमबाट पहिचानको मान्यता भाषा संस्कृति बिकास गरिने बताए । सबै क्षेत्र सबै भूगोल सबै समुदायको सन्तुलित रुपमा बिकास गर्नुपर्ने अपरिहार्य रहेको बताउँदै उनले बिबिधतामा एकता र एकतालाई संगठित गर्ने अवसर भएको भन्दै त्यही अनुसार अगाडि बढिने बताए । नेपालमा तीनवटा महत्त्वपूर्ण अवसर प्राप्त भएको भन्दै २०१५ सालमा भएको निर्वाचनमा नेपाली काङ्ग्रेसको नेतृत्वमा दुई तिहाई प्राप्त भएको बताए । दोस्रो अवसर गणतन्त्र आएपछि माओवादी नेता प्रचण्डको नेतृत्वमा दुई तिहाई बहुमत प्राप्त भएको र तेस्रो अवसर भने वर्तमान केपी ओली नेतृत्वको बामपंथी कम्युनिस्टको सरकार रहेको भन्दै जसलाई संघीय समाजवादी फोरमले समेत साथ दिएको बताए । उनले प्राप्त अवसरलाई बेरोजगार उन्मुलन, स्वास्थ्य, शिक्षा लगायतको कामले गति लिने बताए।

पुर्व मन्त्री एबम संघीय समाजवादी फोरमको उपाध्यक्ष रकम चेम्जोङले डाडाबजार सहित देशकै लागि भगिश्वर लिम्बू जस्ता आदर्श ब्यक्तिको खाचो भएको बताए । पञ्चाय ब्यबस्थामा समेत तत्कालीन अवस्थामा बजेट पनि थिएन होला त्यो बेला गरेको बिकास निर्माणको मूल्यांकन भएको बताए । राम्रा काम गरेको अवस्थामा सम्मान हुने भन्दै त्यसको उदाहरण भगिश्वर थेगिमहाङ भएको बताए । बिकास निर्माणका काम बिस्तारै हुने भन्दै आफ्नै नेतृत्वमा ७÷८ वर्ष अगाडि पुर्णकुमार शेर्मा सहित तत्कालीन अर्थमन्त्री रामशरण महतको पालामा भेडेटार डाडा बजार सडक पिचको पहल गरेको भन्दै अब पिच हुने क्रममा रहेको बताए ।

संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका पूर्व महासचिव आङ्काजी शेर्पाले नेपालमा जातीय राज्य नखोजेको बताए । पहिचानको अधिकार माग्दा कुनै पनि हालतमा जातीय राज्य नहुने बताए । डाडाबजारमा समेत बाहुन छेत्री सहित तामाङ राई लिम्बू लगायतको जन समुदाय मिलेर बसेको बताउँदै यसरी नै मिलेर बस्ने अवस्था त्यो सिहंदरबारमा पनि हुनुपर्ने जिकिर गरे ।

पुर्व सांसद दुर्गा लिङ्खाले भारत अमेरिका भन्दा पनि समाबेसी भएको बताए । पहिचान विभिन्न आधारमा हुने भन्दै पहिचानबादी पार्टी एक हुन नसकेको कारण थाहा नभएको बताए ।

योगदानको चर्चा

भगिश्वर थेगिम लिम्बुले पन्चकालमा दुई कार्यकाल प्रधानपन्च भएका थिए, बि.स. २०२९ देखि २०३४ सालमा र दोस्रो कार्यकाल २०३९ सालदेखि २०४४ सालमा । भगिश्वर थेगिम लिम्बू गोर्खा दक्षिणबाहुबाट समेत सम्मानित ब्यक्ति थिए । भगिश्वर थेगिमले डाडाबजारमा बस्ती बसालेका थिए । उनले त्यहाको गरिब दुखीको लागि खाद्य गोदामको स्थापना गरे । चौबिसे क्षेत्रमा कात्तिके मुहानबाट खानेपानी ट्याङ्की, २०२९ सालमा स्वास्थ्य चौकी पनि निर्माण गरेका थिए । भगिश्वर थेगिमले डाडाबजार धरान जोड्ने गोरेटो बाटो समेत खनेका थिए । उनी हालको भानु माबिमा समेत बिद्यालय सहयोग समिति समेतको अध्यक्ष भएर योगदान पुर्याएका थिए । त्यति मात्र होइन, ध्वजे डाडामा समेत सामुदायिक बन संरक्षण गरेका थिए ।

सम्बन्धित खवर