नगरमा महिलाको निःशुल्क शिविर हुने - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

नगरमा महिलाको निःशुल्क शिविर हुने

साइनो समचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले महिलाको उपचारका लागि वैशाख १९ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्ष सहितका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरुको सहभागितामा शिविर सञ्चालन सम्वन्धी अभिमुखिकरण सम्पन्न भएको छ ।

नगर स्वास्थ्य संयोजक मुरारी आचार्य र स्वास्थ्य जानकार अञ्जु खनालले अभिमुखिकरणको सहजिकरण गरेका छन् । शिविरमा, आङ खस्ने (युटेरस प्रोल्याप्स), पाठेघरको क्यान्सर (भीआई टेष्ट), पिसाव चुहिने (फिस्टुला) तथा यौनजन्य संक्रमण (एसटीडी) रोगको जाँच र उपचार गरिने नगर प्रमुख दिलिपकुमार राईले जनाए । शिविरमा जिल्ला स्वास्थ्य कार्यालय, अरनिको हस्पिटल उर्लावारीको प्राविधिक सहकार्य समेत रहने छ ।

सम्बन्धित खवर