जिल्ला अधिबेशन बैशाख ९ गते - Sainokhabar
  • शुक्रबार, साउन ०८, २०७८

जिल्ला अधिबेशन बैशाख ९ गते

राजेश राजबंशी

विराटनगर । सङ्घीय समाजवादी फोरम, नेपालको मोरङ जिल्ला समितिको दोस्रो अबिधेशन बैशाख ९ गते हुने भएको छ ।

ससफो जिल्ला कार्य समितिको बैठकले विराटनगरको अतिथि सदनमा अधिबेशन गर्ने निर्णय गरिएको हो । १७ स्थानीय तहका प्रतिनिधि परिवेक्षक सहभागी हुने अधिबेशनको तयारी अन्तिम चरणमा पुगेको ससफोले जनाएको छ । अधिवेशनमा प्रत्येक स्थानीय तहबाट अध्यक्ष अनिवार्यसहित एक महिला र एक खुल्ला गरि ३ जनाले जिल्ला समन्वय समिति गठन भेलामा प्रतिनिधित्व गर्न पाउने प्रावधान छ । ससफो नेपालको सातौं केन्द्रीय बैठकले पार्टीको पहिलो राष्ट्रिय एकताको महाधिवेशन आउँदो बैशाख २८, २९ र ३० गतेलाई तोकेसँगै जिल्ला समन्वय समिति गठन कार्यले तिव्रता पाएको हो ।

सम्बन्धित खवर