पथरीमा लगालग घट्ना, निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न संघको माग - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

पथरीमा लगालग घट्ना, निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न संघको माग

फिपराज बेघा

पथरी । बैशाख ७ गते रिना बस्नेतको अकल्पनीय, शंकास्पद र निन्दनीय घट्ना घटेको प्रति पथरी उद्योग बाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उस्ले विज्ञप्ती जारी गर्दै रहस्मय घट्नाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्कालै कानुनी दायरा ल्याएर कारबाही गर्न माग गरेको छ ।

घटनाको हेलचेक्राई गरे संघले कडा कदम चाल्ने संघका अध्यक्ष दीपक बस्नेत र महासचिब अशोककुमार राईद्वारा जारी विज्ञप्तीमा भनिएको छ । पथरीमा केहि समय अघिदेखि उद्योगी, व्यापारी नागरिक असुरक्षित महशुस गर्दै आएको, घटनाले अझ अपराधीहरु सक्रिय हुदै गएको पुष्टि भएको संघको ठहर छ । दिनानुदिन बढदै गएको चन्दा आतंक, रहस्यमय घट्ना हुनुले स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न चुकेको पुष्टि हुन्छ ।

पथरी शनिश्चरे जातेमोड(मोरङ)मा शुक्रबार राति आयोजित कन्सर्ट हेर्न भनेर निस्केएकी स्थानीय २९ बर्षीया रिना बस्नेत शनिबार बिहान मृत भेटिएकी थिइन् । नग्न अबस्थामा घोप्टो परेर स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको बलात्कार पछि हत्या हुन भएको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि जिल्ला प्रहरी कार्यालयका एसपी मनोजकुमार केसीले घट्नाको अनुसन्धान गरिरहेको बताएका छन् । १४ बर्षीया छोराको साथमा रिनाले एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउस सञ्चालन गर्दै आएकी थिइन् । मृतकको शब पोष्टमाटमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

सम्बन्धित खवर