जापानको चौथों महाधिवेशन में ५ मा हुने - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

जापानको चौथों महाधिवेशन में ५ मा हुने

साइनो समचारदाता

जापान । किरात याक्थुङ चुम्लुङ जापानको चौथो महाधिवेशन आईचिकेन स्थित सुन्दर सहर नागोयाको सेतो सामुदायिक टोयोटा हलमा हुने भएको छ ।

अप्रिल १८ तारिकका दिन चुम्लुङले विज्ञप्ती जारी गर्दै सन् २०१९ में महिनाको ५ तारिख आइतवार, ‘लिम्बुवान स्वायत्तता हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ हुन लागेको हो । ७ प्रदेशको संरचनाले लिम्बुवानको अधिकारलाई नसमेटेकाले तत्कालै संविधान संशोधन गरी लिम्बुवान प्रदेशको घोषणा गर्नुपर्ने माग गरिएको छ । विज्ञप्तीमा प्रादेशिक सरकारी कामकाजको भाषा लिम्बु बनाउनुपर्ने भनिएको छ । महाधिवेशनमा जापानको टोकियो, साइतामा, चिवा, तोचिगी, ईवाराकी, सिजुओका, गुन्मा, सेन्दाइ, नागोया, फुकुओका, ओकिनावा, ओसाकालगायत स्थानबाट १ सय २० भन्दा वढी प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने जनाएको छ । महाधिवेशनले विधान सशोधन उपसमितिद्वारा प्रस्तुत शशोधित विधान पारित गर्दै कियाचु जापानको नयाँ कार्य समिति निर्वाचित गर्नेछ । चौथो महाधिवेशनमा जापानवासी तमाम याक्थुङ समुदायका दाजुभाइ, दिदीवहिनी सबै उपस्थित भई महाधिवेशन सफल पारी सहयोग गरिदिन हुन संयोजक चन्द्रकुमार जबेगूले आग्रह गरेका छन् ।

सन् १९९८ मा याक्थुङ कोषको सुरूवात गरेसँगै यस अभियानलाई संगठितरुपमा निरन्तरता दिने क्रममा सन् २०१२ मा संस्था स्थापाना भएको हो । किरात याक्थुङ चुम्लुङ जापानको रिद्रिबहादुर तुम्बाहाम्फेको अध्यक्षतामा औपचारिकरुपमा गठन भएको थियो । चुम्लुङ जापानले आफ्नो स्थापनाकालदेखि नै भाषिक, साँस्कृतिक, ऐतिहासिक, सामाजिक एवं वैचारिक बहस, कार्यक्रम साथै दवावका कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको छ भने जापानमा बस्ने लिम्बू समुदायमा पर्ने विविध समस्याहरुमा साथ सहयोग, सहजिकरण साथै हौसला प्रदान गर्दै आइरहेको संस्थाका महासचिव लक्ष्मीहाङ् आङ्बोले बताए ।

सम्बन्धित खवर