दुई लाख दुई सय दुई रुपैयासहितको पहिचान पुरस्कार ‘नथिया’ र ‘आफर’लाई - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

दुई लाख दुई सय दुई रुपैयासहितको पहिचान पुरस्कार ‘नथिया’ र ‘आफर’लाई


साइनो समचारदाता

काठमाडौं । पहिचान पुरस्कार उन्मुक्त पुस्ताको ‘आफर’ र सरस्वती प्रतीक्षाको ‘नथिया’ लाई पहिचान पुरस्कार प्रदान गरिने भएको छ ।

सोमबार अनामनगरमा पहिचान पुरस्कार २०७५ वितरण समारोह गरी पुरस्कृत गरिएको हो । नगद र सम्मान पत्र सहित कार्यक्रमका प्रमुख अतिथि बैरागी काइलाले पुरस्कार प्रदान गरेका हुन् । आफर सामुहिक रूपमा लेखिएको कविता कृति सामुहिक हो । समता फाउन्डेसनले प्रकाशन गरेको कृति आफरमा प्रकाश गुरागाइँ, माधव घिमिरे अटल, बिनाबी, केशरी अमगाईँ,केशव सिलवाल, मुक्तान थेबा, राजु स्याङतान र हरिशरण परियारका प्रतिनिधि ३३ कविताहरु संग्रहित छन् । कविबाट उपन्यासकार बनेकी प्रतीक्षाले नथियामा दाङको पश्चिमउत्तर क्षेत्रमा अपहेलित रुपमा रहँदै आएका वादी महिलाको कथालाई प्रस्तुत गरेकी छन् । पुरस्कारमा लागि छनौटमा परेका उत्कृस्ट ५ मध्ये आफर र नथिया पुरस्कारका लागी चुनिएएका छन् । पहिचान पुरस्कार कोषले पुरस्कारका लागि आफर, नथियासहित, वसन्त बस्नेतको ‘७२ का विस्मय’, नवीन जिरेलको ‘भीषण दिनहरू’ र गणेश राईको ‘फोकल्यान्ड जर्नल’ मनोनित भएका परेका थिए ।

नेपाली समाजको बिबिध पहिचान, भाषा र संस्कृतीलाई प्रबर्धन र सम्बर्धन गर्ने कृतिहरुलाई प्रोत्साहन गर्ने हेतुले विस २०७२ सालमा स्थापना भएको पहिचान पुरस्कारले हरेक बर्ष सम्बन्धित क्षेत्रको उत्कृस्ट कृतिलाई गर्ने गरिदै आएको पुरस्कारका संस्थापक नरेश काङमाङ राईले बताए । पहिचान पुरस्कार कोष २०७२ सालमा स्थापना भएको हो । यस अघि तीन जनालाई सो पुरस्कारबाट पुरस्कृत भइसेका छन् । यसअघि पहिचान पुरस्कार यज्ञसको भुइयाँ, राजन मुकारुङको निबन्ध संग्रह फेरिँदो सौन्दर्य र अर्जुन खालिङको कविता संग्रह गोयाङको सुगन्धलाई प्रदान गरिएको थियो ।

सम्बन्धित खवर