भ्रष्टाचारी भएको ठहर भए टुँडिखेलमा झुण्ड्याएर मार्न सञ्जेलको चुनौति - Sainokhabar
  • आइतबार, कार्तिक ०७, २०७८

भ्रष्टाचारी भएको ठहर भए टुँडिखेलमा झुण्ड्याएर मार्न सञ्जेलको चुनौति

साइनो समचारदाता

विराटनगर । श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोप सहितको पत्र पठाएपछि आफू भ्रष्टाचारी भएको ठहर भए टुँडिखेलमा झुण्ड्याएर मार्न सञ्जेलको चुनौति दिएका छन् ।

अख्तियारको पत्र बुधबार प्राप्त गरेपछि विहिबार पत्रकारहरु कुरा गर्दै उनले आफू छाती ठूलो बनाएर अख्तियारमा बयान दिन शुक्रबार अख्तियार जाने बताए । ‘कसैले उजुरी हाल्दैमा नडराउदिन’ संजेलले भने । निर्वाचन आयोग, क्षेत्रीय कार्यालय विराटनगरमा रहँदा काम नगरी एक महिनाको तलब भत्ता लिएको उजुरी उनीमाथि छ । सर्वोच्च अदालतको आदेशअनुसार सो अवधिको तलब भत्ता बुझेको सञ्जेलको तर्क छ । अख्तियारले तीन दिनभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित भनिएको छ । अहिले सञ्जेल भ्रष्टचार विरोधीको रुपमा चर्चाको शिखरमा छन् ।

सम्बन्धित खवर