फाल्गुनन्द फाउण्डेशनले पीडितलाई सहयोग गर्यो - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

फाल्गुनन्द फाउण्डेशनले पीडितलाई सहयोग गर्यो

साइनो समचारदाता

द्यमक । पान्थर तुम्बेवा–४ वलनेकी १३ वर्षीया मृगौला पीडित रेश्मा शेर्मालाई फाल्गुनन्द फाउण्डेशनले बिहिबार झापाको दमकमा रु १ लाख ५३ हजार २ सय ६ सहयोग गरेको छ ।

‘रेश्मा बचाउ अभियान’ सञ्चालनमार्फत् सङकलित रुपैया रेश्मा र उनका आमा सुकमायालाई हस्तान्त्रण गरिएको हो । दमकस्थित रिफ डिजिटल रेकडिङ स्टुडियोमा आयोजित कार्यक्रममा फाल्गुनन्द फाउण्डेशनका अध्यक्ष एबम् सामाजिक अभियान्ता बिक्रम वनेम फागो, उपाध्यक्ष सेसेहाङ फियाक, सदस्य यादन शेर्मा र जितेन मुस्कानले संयुक्त रुपमा सङकलित रुपैया हस्तान्त्रण गरेका थिए । अभियानका अगुवा यादन शेर्माका अनुसार युके ९बेलायत० बाट गजेन्द्र शेर्माको नेतृत्वमा रु १ लाख २० हजार १ सय १, मलेशियाबाट किराती रविन आङदम्बेको नेतृत्वमा रु २७ हजार ५ सय ५ प्राप्त भएको थियो । यसैगरी, हस्तान्त्रण कार्यक्रममा युके निवासी शान्ता केरुङबाट रु ५ हजार १ सय र कमल गाउँपालिका झापाबाट मिलन लावोतीबाट ५ सय रुपैया हस्तान्तरण गरिएको थियो ।

एक बर्षअघि, रेश्माको एपेन्डिङ साइड भएर दमकस्थित लाइफ लाइन अस्पतालमा अप्रेशन गरिएको आमा सुकमायाले बताइन् । एक छोरी र एक छोराको आमा सुकमायाले छोरी रेश्माको उपचारको निम्ति मोरङको उर्लाबारीमा बसोबास गरिरहेका छन् । रेश्माका बुबा मजदुरी पेशामा कार्यरत छन् । कक्षा–६ मा अध्यनरत रेश्माले डाक्टर बन्ने लक्ष्य राखेको आमा सुकमायाले बताइन् । आमा सुकमायाका अनुसार छोरी रेश्मा पढाईमा अब्बल छिन् । उपचारको क्रममा रु १० लाख खर्च भइसकेको आमा सुकमायाले बताइन् । गत कार्तिकदेखि बिराटनगर, धरान, काठमाडौ, भारतको अस्पतालहरुमा उपचाररत छिन् । सुकमायाका अनुसार उपचार खर्चहरु सहयोगी दाताहरुको मायाले सहयोग जुट्दै रहेको छ ।

सम्बन्धित खवर