नायक सेनिहाङ्गलाई पितृ शोक - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

नायक सेनिहाङ्गलाई पितृ शोक

साइनो समचारदाता

काठमाडौ । लिम्बू चलचित्र तथा नेपाली चलचित्रमा जम्दै गरेका नायक विशाल सेनेहाङ्गको पिता तथा लोकप्रिय गायक भिम लिम्बू सेनेहाङ्गको दाजु लछ्मी सेनेहाङ्गको ५५ बर्षको उमेरमा निधन भएको छ ।

प्रेशरबाट ग्रशित रहेका लछ्मी सेनेहाङ्गलाई काठमाडौ स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रहेका थिए । उपचाररत सेनिहाङ्गको २ गते राति ३ बजे निधन भएको थियो । हजारौं सुभचिन्तक तथा कलाकार, गायक गायिका, निर्देशक निमतिाको उपस्थितिमा सेनेहाङ्गको ४ गते सनिवार पशुपति आर्यघाटमा दाहसत्कार गरिएको छ । सेनिहाङ्गको ३ छोरा संदेश सेनेहाङ्ग, विशाल सेनेहाङ्ग र बिप्लव सेनेहाङ्ग रहेका छन । माइला छोरा बिशाल सेनेहाङ्ग लिम्बू चलचित्रका लोकप्रिय नायक हुन् । उनले अभिनित चलचित्र प्रर्दशनमा आउन लागेका छन भने सयौ म्युजिक भिडियो अहिले युवटुव मार्फत हेर्न सकिन्छ भने भाइ भिम लिम्बु सेनेहाङ्ग नेपाली गीत सङ्गितमा निक्कै चर्चा कमाइएका लोकप्रिय गायक हुन ।

सम्बन्धित खवर