मिस पथरी शनिश्चरेको उपाधि रिजुलाई - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

मिस पथरी शनिश्चरेको उपाधि रिजुलाई

साइनो समचारदाता

पथरी । पथरी । मिस पथरी शनिश्चरे २०१९ को टाइटल पञ्चायत माविकी छात्रा रिजु भट्टराईले बुधबार राति चुमेकी छिन् । माउन्ट एभरेष्ट इन्टरटेनमेन्टको आयोजनामा भएको प्रतियोगिताको उपाधिसँगै रिजुले ताजसहित नगद ७५ हजार रुपैँया हात पारिन् ।

प्रतियोगिताको फस्ट रनर अफ पथरी बहुमुखी क्याम्पसकी छात्रा तुलसा नेम्वाङ, सेकेन्ड रनर अफ रेजिना राई घोषित भइन् । उनीहरुले क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

सिल्भर इन्टरटेन्मेन्टको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा अस्मिता तामाङलाई फोटोजेनिक फेस, रिजु भट्टराईलाई बेष्ट पर्सनालिटी, रेजिना राईलाई मिस ट्यालेन्ट, रोमा गुरुङलाई पब्लिक चोइज, तुलसा नेम्बाङलाई बेस्ट स्माइल टाइटल प्रदान गरिएको थियो ।


तस्वीरः गोपाल काफ्ले

सम्बन्धित खवर