शिविरमा ‘डे केयर रिफ्रेसन सेन्टर’ - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

शिविरमा ‘डे केयर रिफ्रेसन सेन्टर’


साइनो समचारदाता

पथरी । नेपालीभाषी भुटानीहरुले मोरङको पथरीशनिश्चरे शिविर क्षेत्रमा शरणार्थी र स्थानीय ज्येष्ठ नागरिकका लागि टहलिने स्थल निर्माण गरेका छन् । प्रदेश सांसद सूयर्माराज राईले ‘डे केयर रिफ्रेसन सेन्टर’ नामक हेरचाह केन्द्रको उद्घाटन् गरेका छन् ।

इन्ट्रा नेशनल होम केयरको अगुवाईमा अमेरिका हेल्थ केयर सर्भिस, गौतम इन्सुरेन्स एजेन्सीको आर्थिक व्यवस्थापनमा २२ लाखको लागतमा शिविर क्षेत्रमा टहलिने स्थल निर्माण भई उद्घाटन् भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सूयर्माराज राई, नगर प्रमुख दिलिपकुमार राई, नायिका केकी अधिकारीलगायतले तेस्रो देश पुगेका शरणार्थीले नेपाली भूमि र शिविरका शरणार्थीका लागि गरेको यसखाले योगदानको प्रसंसा गरेका छन् । आम्दा अस्पतालले सञ्चालन गरेको स्वास्थ्य केन्द्र रहेको भवनको स्तरोन्नती गर्दै २ वटा ठूला कोठामा ज्येष्ठहरु टहलिने स्थान निर्माण गरिएको छ । जहाँ टीभी, मादल, क्यारेम बोर्डसहितका सामग्री राखिएको जनाउँदै यसखाले योजनाका योजनाकार मध्येका गोपाल धितालले आफुहरु जहाँ पुगेपनि शिविरमा रहनेहरुका लागि सक्दो सहयोग पुर्याउने जनाए । अमेरिकामा पुनर्वास गराईका मध्येका टिमाई शिविरका पूर्व सचिव डिल्ली अधिकारीको संयोजनमा यसखाले काम भएको उनले वताए । उनीहरुको समूहले अमेरिकाका ५ राज्यको ३० वटा सहरमा पनि यसखाले ‘डे केयर रिफ्रेसन सेन्टर’ निर्माण गरेको प्रसंग सुनाए । कृष्ण कँडेलको इन्द्रेणी साँस्कृतिक समूहको प्रस्तुति रहेको कार्यक्रममा, चलचित्र नायक दिलिप रायमाझी, चलचित्र निर्देशक विशाल भण्डारी, नृत्य निर्देशक गोविन्द राई सहितको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर