१५ प्रतिशत बजेट कृषि क्षेत्रलाई छुट्याउनेः मन्त्री आङ्बो - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

१५ प्रतिशत बजेट कृषि क्षेत्रलाई छुट्याउनेः मन्त्री आङ्बो

मुकेश कुमार यादब

विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले समग्र बजेटको १५ प्रतिशत कृषि र भेटनरी क्षेत्रमा छुट्याउने बताएका छन् ।

पशु सेवाको रुपान्तरणका लागि भाबी कार्यक्रम र बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री आङ्बोले सो कुरा बताएका हुन् । कृषि क्षेत्रमा हुने गरेको विचौलिया अन्त्य गर्ने बताउँदै उनले कृषकलाई सहजरुपमा कर्जा उपलब्ध गराउनुपर्ने बताए । सहकारी, बैंकलाई १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिदै मन्त्री आङ्बोले ७० प्रतिशत कृषि पेशामा आधारित भएकाले परम्परागत कृषि प्रणाली आधुनिकीकरण गर्न आवश्यक रहेको जनाए । १ प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले प्रदेशभर भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र हुनु पर्ने बताए । कार्यक्रम नेपाल पारा भेटरिनरी एण्ड लाइभष्टक एशोसिएसन १ नम्बर प्रदेशले आयोजना गरेको हो ।

सम्बन्धित खवर