दुई महिनासम्म मनाइने साँस्कृतिक पर्व जातिरी सुरु - Sainokhabar
  • शनिबार, कार्तिक ०६, २०७८

दुई महिनासम्म मनाइने साँस्कृतिक पर्व जातिरी सुरु


साइनो समचारदाता

लेटाङ । प्रप्रत्येक वर्ष धुमधाम मनाउँदै आएको नेपालीहरुको महान पर्व साँस्कृतिक पर्व जातिरी बैशाख २ गतेबाट सुरु भएको छ । लेटाङ राजरानी मोरङमा औपचारिक कार्यक्रम गरी सुरु भएको हो ।

धिमाल जातीय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमालको अध्यक्षतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका मेयर शंकर राई प्रमुख अतिथि थिए । विशिष्ट अतिथिहरुमा धिमाल जातीय विकास केन्द्रका संस्थापक तथा सल्लाहकार संयोजक रामबहादुर धिमाल, निर्वतमान अध्यक्ष नगेन्द्रबहादुर धिमाल, संस्थापक मोहन धिमाल, संस्थापक रतन धिमाल रहेका थिए । भने अतिथिहरुमा विष्णु मगर, सुरक्षा निकायका इन्चार्ज लगायत थिए । सोही अवसरमा धिमाल ग्रामथान तथा जाग्राम घर निर्माण गर्न महत्वपुर्ण योगदान गरेको भन्दै ७ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानीत हुनेहरुमा नगेन्द्रबहादुर धिमाल, गणेशमान धिमाल, कुमार धिमाल, शनिमाया मगर, बिमला मगर, डिल्लीमान तामाङ, हंशराज मगरलाई सम्मान गरिएको थियो । साँस्कृतिक कार्यक्रममा कलाकार सन्जीव धिमालले गायन तथा तुन्जाई साँस्कृतिक मन्च र काकुम गाउँ टोलका कलाकारहरुले धिमाल नृत्य प्रस्तुत गरेका थिए ।

समुयागत परम्पराअनुसार पुजाआजा र भव्य मेलाको आयोजना गरि जातिरिको सुरुवात भएको हो । झापा, मोरङ र सुनसरीका आदिबासी धिमालहरूको जातिरि धिमाल पोखरीबाट सुरु हुने गर्दछ । राजारानीमा रहेको धिमाल ग्रामथानमा पूजाआजा गरेपछि यो मेला सुरु हुने गर्दछ । त्यसपछि सबै धिमालहरूले यो मेला आआफ्नो ठाउँमा पालो गरेर लाग्ने गर्दछ । धिमाल बुढापाकाहरूको भनाइ अनुसार परापूर्वकालमा राजारानी पोखरी छेउछाउ क्षेत्रमा धिमालहरूको बसोबास रहेको थियो । २०५८ सालदेखि यस क्षेत्रमा धिमालहरूले पूजाआजा गर्न क्रम जारि राखेका हुन् ।थानमा आ आफ्नो गच्छेअनुसार बोका, कुखुरा, हाँस र परेवाको बलि दिएर धिमालहरूले पूजाआजा गर्ने चलन रहेको छ । बैशाख २ गतेबाट सुरु भएको जातिरि÷सिरिजात असार २ गते सम्पन्न हुने गर्दछ । यसै अवसरमा राजारानीमा जातिरी साँस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित खवर