कोरियामा पनि पुरानो बुलेट - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

कोरियामा पनि पुरानो बुलेट

साइनो समचारदाता

पथरी । ख्याङसाङनाम्दो तमू धिं बुसान शाखाले नेपाली कथानक चलचित्र पुरानो बुलेट कोरियामा प्रदर्शन गर्ने भएको छ ।

सेल्ट्रर स्थापना सहयोगार्थ चलचित्र ‘पुरानो बुलेट’ मे २६ आइतबारका दिन किम्हेमा प्रदर्शन गर्ने आयोजकले जनाएको छ । चलचित्र पुरानो बुलेटमा नायक अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जन, लगायतका कलाकारहरुको जीवन्त अभिनय रहेको छ । पुराना बुलेट ठेट नेपाली शब्दहरु प्रयोग गरी गाउँले परिवेशमा आधारित चलचित्र हो । आयोजक बुसान शाखाले किम्हे, बुसान वरिपरी रहेको बिभिन्न सघं सस्थहरुलाई पुरानो बुलेट प्रदर्शन हुने दिन अर्थात मे २६ का दिन कुनै पनि कार्यक्रम नराखिदिनु हुन हार्दिक अनुरोध पनि गरेकोे छ । आयोजकले चलचित्रहरु प्रदर्शनको साथ साथै विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको छ । यसअघि पुराना बुलेट नेपालमा हङकङमा पनि प्रदर्शन भइसेको छ । हङकङमा पुनः चलचित्र प्रदर्शन गर्ने बताइएको छ ।

सम्बन्धित खवर