नयाँ बुलन्दको दोश्रो वर्षमा - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

नयाँ बुलन्दको दोश्रो वर्षमा

साइनो समचारदाता

इलाम । नयाँ बुलन्द डटकम इलाम मंगलबारदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । शुभकामना आदानप्रदान, पत्रकार सम्मान र वार्षिक भित्तेपात्रो सार्वजनिक गर्दै उत्सब मनाएको हो ।

कार्यक्रममा इलामका क्रियाशील पत्रकार नयाँ बुलन्द डटकमका उपसम्पादक तथा इमेज च्यानल टेलिभिजनका जिल्ला संवाददाता प्रकाश नेपाललाई सम्मान गरिएको छ । नेपाललाई प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले सम्मानपत्र प्रदान गरे । वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्द डटकमले प्रकाशन गरेको वार्षिक भित्तेपात्रो प्रमुख अतिथि बराल, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगू, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यत्रकारी निर्देशक केशव द्यौराली, इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरेका छन् । वक्ताहरुले नयाँ बुलन्दले छोटो समयमा लोकप्रियता कायम गर्न सफल भएको भन्दै निरन्तरताको कामना गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाल पत्रकार महासंघका केन्द्रीय सटेन्द्र जवेगू, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठ, मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौराली, इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय सदस्य ख्याम भुजेल, नेपाल पत्रकार महासंघका सहसचिव राजेश पराजुली, क्रियाशील महिला पत्रकारकी अध्यक्ष सविता पाण्डेले शुभकामना मन्तव्य राखेकी थिइन् ।

सम्बन्धित खवर